७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नम्बर प्लेटको जीपले ठक्करबाट दम्पत्तिको मृत्यु



अ+ अ-

बुटवल । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारु रहेका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।