४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

१४ किलो चरेससहित ५ जना पक्राउ

१४ किलो चरेससहित ५ जना पक्राउ
अ+ अ-

बझाङ । बझाङ प्रहरीले १४ किलो चरेस र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस मालिक केदास्युँ गाउँपालिका ५ का काशी ठगुन्ना, सुर्मा गाउँपालिका १ दौलिचौरका हरिवीर बोहोरा, रनकला बोहोरा र लछी बोहोरा रहेका छन् ।

सोमबार राति १२ बजे बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख १०७४ नं. को गाडी चेकजाँच गर्दा प्रहरीले सिटमाथिको र्याकमा राखिएको अवस्थामा १२ किलोग्राम चरेस बरामद गरेको थियो ।

यस्तै, मंगलबार राति चैनपुरबाटै धनगढीतर्फ जाँदै गरेको अर्को बसलाई जयपृथ्वी नगरपालिका ७ तमैल बजारमा चेकजाँच गर्ने क्रममा बझाङकै सुर्मा गाउँपालिका वडा नं।४ घर भई हाल कैलालीको फुलवारीमा बस्दै आएका नरेश बहादुर बोहरालाई १ किलो २०० ग्राम चरेससहित नियन्त्रणमा लिएको डीएसपी गणेशबहादुर बमले जानकारी दिए । बोहोराको साथबाट नगद ४१ हजार पाँच सय रुपैयाँसमेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

चरेससहित नियन्त्रणमा लिइएका सबै जनाको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।