१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : बिहीबार नेपाल र कुवेत भिड्दै



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्।

विश्वकपअन्तर्गत दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्।


नेपालले आफ्नो दोस्रो खेल चाइनिज ताइपेविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ । यी देशले एक अर्काविरुद्ध होम एण्ड अवे खेल खेल्नेछन् । उत्कृष्ट टिम विश्वकप फुटबल २०२२ को छनोटको फाइनल खेल खेल्नेछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।