७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालले भने : ‘हामी एक्सनमा जान चाहान्छौ’



अ+ अ-

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु एक्सनमा जान चाहेको बताएका छन्। बुधबार चितवनमा आयोजत एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताएका हुन्।

‘हामीले जे गरेका छौं चाहे त्यो रिङ रोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस्, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस्, चाहे रेलवे ल्याउने कुरा होस् सबै काम विकासका नै छन्,’ प्रचण्डले भने, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’

जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको समेत उनले प्रष्ट पारे। ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डले भने।