१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालले भने : ‘हामी एक्सनमा जान चाहान्छौ’



अ+ अ-

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु एक्सनमा जान चाहेको बताएका छन्। बुधबार चितवनमा आयोजत एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताएका हुन्।

‘हामीले जे गरेका छौं चाहे त्यो रिङ रोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस्, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस्, चाहे रेलवे ल्याउने कुरा होस् सबै काम विकासका नै छन्,’ प्रचण्डले भने, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’

जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको समेत उनले प्रष्ट पारे। ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डले भने।