७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

अदालतलाई गलत प्रभाव पार्दै सर्वेक्षक

अदालतलाई गलत प्रभाव पार्दै सर्वेक्षक
अ+ अ-

काभ्रे। जिल्ला अदालत काभ्रेले साँधमा रहेको सार्वजनिक जग्गा हडपेको विषयमा थरीथरीका आदेश सुनाएपछि जग्गा हडप्नेहरू प्रसन्न भएका छन्।बनेपा नगरपालिका–२ टुकुचामा पाँच रोपनी नौ आना सरकारी जग्गा हडप्ने सँधियारलाई यस प्रकारको खुसी प्राप्त भएको हो।
यसअघि धुलिखेल नगरपालिका–१० शारदाबतासेमा १५ रोपनी वन र २२ रोपनी सरकारी जग्गा हडप्ने सँधियारलाई पनि नापी तथा मालपोत कार्यालयका कारण यस प्रकारको खुसी प्राप्त भएको थियो।नापी कार्यालय काभ्रेले विवादित जग्गा सरकारी भएको प्रमाणित दर्ता स्रेस्ता र ब्लु प्रिन्टसहितको नापी प्रतिवेदन बुझाउँदासमेत सरकारी जग्गासम्बन्धी विवाद टुंगिन सकेको छैन।

पहिलोपटक २०७५ असोज १६ गते न्यायाधीश दीपककुमार खरेलले लुटपिट र जग्गा किचलो मुद्दामा दर्ता स्रेस्ता र ब्लु प्रिन्ट नक्साको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गर्नुभएको थियो।

सोही मुद्दामा दोस्रोपटक न्यायाधीश दुर्गा खड्काले उक्त जग्गा पुनः नाप–नक्साका लागि आदेश दिनुभयो। उक्त आदेशपछि जग्गा नाप गर्दा सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मिल्ने गरी प्रतिवेदन बुझाइयो, सोहीअनुसार अदालतले फैसला पनि गरिदियो।

सरकारी जग्गा हडप्ने सँधियार अहिले प्रसन्न छन्। पछिल्लो नाप–नक्सा प्रतिवेदनमा बदमासी भयो भन्दै स्थानीयले पुनः नाप–नक्साको माग गरेपछि यही भदौ १२ गते न्यायाधीश दुर्गा खड्काले कित्ता नम्बर ३२८, ३२९ र ३२६ को लम्बाइ, चौडाइ र क्षेत्रफल खुल्ने गरी विवरण दिन नापी कार्यालयलाई आदेश गर्नुभएको छ।

विवरण अझै बुझाइसकिएको छैन। तर, यसैबीच नापी कार्यालय काभ्रेका नापी अधिकृत एवं सूचना अधिरी सुरेश मानन्धरले कित्ता नम्बर ३२६ सार्वजनिक भएकाले कसैको हकभोग लाग्न नसक्ने नेपाल समाचारपत्रलाई बताउनुभएको छ। भूमाफियाहरूले अदालतका सर्भेक्षकले दिएको गलत प्रतिवेदनका आधारमा बनेपा नगरपालिका–२ टुकुचामा रहेको पाँच रोपनी नौ आना जग्गा हडप्ने प्रयास गरेका छन्।

२०५२ सालदेखि २०७३ सालसम्म सँधियार कृष्णराज गिरीले सार्वजनिक जग्गा हडपेका थिए। सार्वजनिक पोखरी, पँधेरो, मन्दिरलगायतका संरचनाको व्यवस्थापन गर्ने क्रममा स्थानीयले सावर्जनिक जग्गा संरक्षण शुरू गरेपछि गिरीले सार्वजनिक जग्गा हडपेको खुलासा भएको हो।

जिल्ला अदालत भक्तपुरका सर्वेक्षक जीवन कार्कीले कृष्णराज गिरीको जग्गामा १७ आना सार्वजनिक जग्गा थप गरिदिनुपर्ने प्रतिवेदन बुझाएपछि सञ्चारमाध्यम गुहार्नुपरेको स्थानीय जीवन मंग्रान्तीले बताउनुभयो। ३ सय वर्ष पुरानो पुरातात्विक महत्वको राधाकृष्ण मन्दिर, चौतारो, पोखरी तथा कुवासमेत मासेर गिरीले सो जग्गा भोगचलन गर्दै आउनुभएको छ।

नापी कार्यालयका विजयकुमार मानन्धरले ३२६ कित्ता नम्बर सबै सार्वजनिक भएको प्रतिवेदन २०७५ जेठ १६ गते बुझाएको र बनेपा नगरपालिकाका अमिन विपिन दुलालले समेत उक्त जग्गा सार्वजनिक भएको निष्कर्षसहितको प्रतिवेदन बनाएको अवस्थामा गिरीले बल मिच्याइ गर्नुनहुने स्थानीयको भनाइ छ। तर, सर्वेक्षक जीवन कार्कीले सार्वजनिक १७ आना जग्गा गिरीको कित्तामा पर्छ भन्दै अदालतलाई प्रतिवेदन बुझाएका कारण विवाद बल्झिएको थियो।

‘तीन सय वर्ष पुरानो मन्दिरसहितको संरचना भएको जग्गा हडप्नुभएका गिरीलाई पटक–पटक हामीले छाडिदिन अनुरोध गर्यौं’, स्थानीय काजीमान मिजारले बताउनुभयो– ‘हामीलाई अछुत भन्दै अपशब्द प्रयोग गर्नुहुन्छ, यस्तो व्यवहार गर्नेलाई सजाय हुन्छ भनेको सुनेको त छु, तर खै कसरी हुने सजाय१

सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीयहरूले देउसी भैलो खेलेर रकम जम्मा गरेका छन्। अदालतमा मुद्दाको प्रतिउत्तर लगाउन र सरकारी कार्यालयहरूमा कागजपत्र तयारीका लागि देउसी खेलेर रकम जम्मा गर्नुपरेको जीवन मंग्रान्तीले बताउनुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।