७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

गौहत्या प्रकरण : रातारात नक्कली पत्र !

गौहत्या प्रकरण : रातारात नक्कली पत्र !
अ+ अ-

सुर्खेत । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो। टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन्।

घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन्। जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ। पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ। जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।

भदौ ६ गते मात्र जिससको बैठक बसेको थियो। उक्त बैठक र त्यसअघिका कुनै पनि बैठकमा नेपालगन्जबाट गाई मगाउनेबारे कुनै छलफल, प्रस्ताव र निर्णय नभएको जिसस सदस्य ललित माझीले बताए। उनले भने, ‘जिससको बैठकमा गाई ल्याउने एजेण्डामा छलफल भएकै थिएन्, तर एक्कासी गाई मगाएको भन्ने पत्र सार्वजनिक भयो। खै हाम्रा प्रमुखले के गर्नुभएको हो, हामीलाई त थाहा छैन्।’

गाई मगाइएकोबारे जिससका कर्मचारी पनि अनविज्ञ छन्। निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे अनविज्ञता प्रकट गरे। कर्मचारीलाईसमेत जानकारी नहुनुले पनि गाई मगाइएको पत्र रातारात तयार पारेको भन्ने स्थानीयको आरोपलाई पुष्टी गरेको छ।

जिससको पत्रमा नारायण नगरपालिका र अन्य स्थानीय तहमा व्यवसायिक गाईपालनका लागि गाई उपलब्ध गराउन भनिएको छ। तर नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का भन्छन्, ‘हामीले गाई मागेकै थिएनौं, जिससले पनि हामीलाई जानकारी दिएको थिएन। एकाएक गाई ल्याउन किन खोजियो ? ’

नगरभित्र रहेका गाई व्यवस्थापन गर्न समस्या भइरहेका बेला नेपालगन्जबाट गाई ल्याउने भनरे अनावश्यक रूपमा नगरपालिकालाई मुछ्ने काम भएको बताए। जिससले गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएसँगै स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिससका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्न नक्कली पत्र तयार पारेको आरोप लगाएका छन्।

माग, स्वीकृत र अनुमति एकैदिन !

जिसस दैलेखले भदौ ८ गते नेपालगन्ज उपमहानगरपालिकालाई स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराउन भन्दै पत्र काटेको छ। सोहीदिन नै उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ। भदौ ८ गते जिल्ला प्रशासन बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ। तीन वटै निकायको पत्र एकैदिन काट्नुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको स्थानीयको दाबी छ।

अर्कोतर्फ जिसस दैलेखको चलानी पुस्तिकामा पनि शंका गर्ने ठाउँ छ। चलानी दर्तामा जिससले भदौ ८ गते नै उपमहानगरलाई पत्र पठाएको देखिन्छ। तर भदौ ११ गतेपछि ८ गतेका केही पत्र चलानी गरिएका छन्। भदौ ५ गतेसम्म क्रमिकरूपमा रहेको चलानी पुस्तिकामा भदौ ८ पछि चलानी भएका पत्रको दर्ता मिति तलमाथि गरी राखिएकाले पनि गाई मगाईको पत्र रातारात तयार गरेको पुष्टी हुने जिससकै एक कर्मचारीले बताएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।