७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

भदौ २३ गतेदेखि सहुलियत पसल

भदौ २३ गतेदेखि सहुलियत पसल
अ+ अ-

काठमाडौँ । सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । ‘सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिन्छन्,’ उनले भनिन्, ‘चाडबाडको अवसरमा छुट दिन निजी व्यवसायीसँग पनि गृहकार्य भइरहेको छ ।’

केसीका अनुसार नुनमा बजार भाउभन्दा दुई रुपैयाँ छुट दिइनेछ । चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, चामल मसिनोमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने उनले बताइन् । गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ दिइने केसीले बताइन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट दिने जनाएको छ । चाडबाडको मुखमा व्यवसायीले मनोमानी मूल्य लिँदै आएका छन् । त्यसलाई हस्तक्षेप गर्न पनि छुट दिन लागेको जनाएको छ ।

दुग्ध विकास संस्थानले प्रतिलिटर घिउमा ५० रुपैयाँ छुट दिने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । हाल घिउको मूल्य ९ सय रुपैयाँ पर्छ । स्टक अफर रहेकाले प्रतिकिलो ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य छठसम्म कायम हुने उनले बताए । यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइने संस्थानले जनाएको छ ।

घिउ र पनिरबाहेक अन्य दूधजन्य वस्तुको उत्पादनको मूल्य केही दिनमा निर्धारण हुने झाले बताए । ‘दूधको मूल्य बढ्ने तयारी भइरहेको छ । मूल्य कति बढ्छ, त्यसपश्चात् अन्य वस्तुको भाउ निर्धारण गर्नेछौं,’ झाले भने ।

मन्त्रालयले सहुलियत पसल सञ्चालन गर्न मिति तय गरे पनि कति स्थानमा सञ्चालन गर्नेमा भने निर्णयमा पुगेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि निजी व्यवसायीसँग पनि छलफल गरेर टुंगोमा पुग्ने बताए । यसका लागि एक–दुई दिनमै संयुक्त बैठक बस्ने उनले बताए ।

‘सरकारीसँगै निजी क्षेत्रले पनि चाडबाडमा छुट दिउन् भन्ने उद्देश्य हो । एक–दुई दिनमै संयुक्त बैठक बस्छौं,’ गौचनले भने, ‘त्यसपश्चात् कति पसलरकुन ठाउँमा राख्ने निर्णय हुन्छ ।’ भदौ २३ गतेदेखि सुरु हुने सहुलियत पसल कम्तीमा दुई महिना सञ्चालन हुन्छ । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको उनले बताए । ‘सहुलियत पसलको मुख्य उद्देश्य बजारमा सरकारी उपस्थिति देखाउनु हो,’ गौचनले भने, ‘सहुलियत पसलबाट सर्वसाधारणलाई धेरै राहत हुनेछ ।’

साल्ट ट्रेडिङका व्यापार प्रमुख पंकज जोशीका अनुसार साल्टले उपत्यकामा ९ स्थान, उपत्यका बाहिर २४ स्थानमा पसल सञ्चालन गर्नेछ । तीनवटा घुम्ती मोबाइल सेवा पनि सञ्चालन गरिनेछ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकाय र चेम्बरहरूले पनि पसल सञ्चालन गर्ने जनाएका छन् । त्यसका लागि गोर्खा, सुर्खेत, धादिङलगायतबाट पनि माग भएको छ,’ जोशीले भने, ‘साधनको उपलब्धताको आधारमा पसल सञ्चालन गर्छौं । मुख्यतः बजार मूल्य नियन्त्रण गर्ने हो ।’

सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्नेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी, फापरको पिठो र खसीबोका उपलब्ध गराउनेछ । कम्पनीले सातै प्रदेशको डिपोबाट सहुलियत मूल्यमा चामललगायत गेडागडी उपलब्ध गराउने महानिर्देशक गौचनले बताए । डीडीसीले दुग्धजन्य वस्तु सहुलियत दरमा उपलब्ध गराउनेछ ।

चाडबाडमा खाना पकाउने ग्यास सिलिन्डर, मटितेललगायत इन्धनमा छुट दिने विषयमा भने निर्णय गर्न सकेको छैन । ग्यासमा नोक्सान रहेको जनाउँदै मन्त्रालयले छुटको निर्णय भइनसकेको उपसचिव केसीले बताइन् । मन्त्रालयले नोक्सानमा रहेको दाबी गरे पनि भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार सेप्टेम्बर १ देखि १५ सम्मको नाफा करिब ५० करोड पुगेको निगमको स्रोतले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चाडबाडमा केही गर्ने सोच भएको बताए । त्यसका लागि छलफल भइरहेको बताए । ‘राम्रो छुट दिने सोचमा छौं,’ उनले भने । चाडबाडमा उपभोक्तालाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा सहुलियत दिन बर्सेनि सहुलियत पसल सञ्चालन हुँदै आएको छ ।

सुपथ मूल्य पसलमा गेडागुडी, तरकारी, फलफूल चिउरालगायत आवश्यक खाद्यान्न वस्तुमा सार्वजनिक संस्थानका तर्फबाट मुनाफा घटाएर बिक्री वितरण हुन्छ । उक्त पसलबाट उपभोक्ताले बजार भाउभन्दा केही केही प्रतिशत सस्तोमा सामान किन्न पाउँछन् । तर, सरकारले उपत्यकामा मात्रै केन्द्रित गर्दा उपत्यका बाहिरका जनताले फाइदा लिन सकेका छैनन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।