७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

नेकपाले गर्यो यस्तो निर्णय, नेता कार्याकर्तामा खुसीयाली

नेकपाले गर्यो यस्तो निर्णय, नेता कार्याकर्तामा खुसीयाली
अ+ अ-

विराटनगर । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन समिति सदस्य हर्कमान तामाङ र जिल्ला कमिटी मोरङका पूर्वसदस्य शिव बराल दुई महिनालाई निलम्बनमा परेका हुन् ।

बराल तत्कालीन बेलबारी गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए । संगठित सदस्य रहेका उनीहरूलाई बुधबार निलम्बन गरिएको पार्टीले जनाएको छ ।

तामाङ र बरालले बेलबारी–२ मा दुई दशकअघि चार अमेरिकी नागरिकले अनाथ बालबालिकाको संरक्षण र पालनपोषणका लागि स्थापना गरेको सहारा बालग्रामको १ विघा ८ कठ्ठा ३ धुर जमिन व्यवसायी डम्बरबहादुर तामाङका नाममा २०७५ मंसिर ११ गते नामसारी गरेर करिब ७० लाख रुपैयाँ लिएको सार्वजनिक भएको थियो । तामाङ बालग्रामका संस्थापक अध्यक्ष र बराल हालका अध्यक्ष हुन् ।

प्रकरणपछि नेकपा बेलबारी नगर कमिटीले सचिव रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तामाङ र बरालले सार्वजनिक संस्थाको जमिन नियतवश बिक्री गरेको ठहर गरी कारबाही माग गर्दै प्रतिवेदन बुझाएको थियो । दुवै बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार पनि हुन् ।

नगर कमिटी अध्यक्ष परशुराम सुवेदी र सचिव थापाले विज्ञप्ति जारी गर्दै सार्वजनिक संस्थाको जग्गा नियतवश बिक्री गरेको पुष्टि भएकाले तामाङ र बराललाई दुई महिनाका लागि निलम्बन गरिएको जनाएका छन् ।

अमेरिकाको भर्जिनिया राज्यका डयानी अनी, एलिसा हाम्फ्रिन, डा. वाल्ट ज्यामी हर्बर र टेनिसीले बेलबारी–२ मा संस्था स्थापना गरेर सञ्चालनका लागि तत्कालीन प्रतिनिधिसभा सदस्य तामाङलाई २०५६ भदौ ४ गते हस्तान्तरण गरेका थिए । उनले बरालसँग मिलेर जग्गा बेची संस्थाका नाममा १७ धुर मात्र बाँकी राखेका थिए ।

स्थानीय नागरिक समाजका अगुवा, राजनीतिक दल र विभिन्न संघसस्थाका प्रतिनिधि सामाजिक संस्थाको जमिन विक्री गर्नेलाई कारवाही र जग्गा फिर्ताको माग राख्दै सडकमा उत्रिएकाा थिए । तामाङ र बरालले जग्गा फिर्ता ल्याइसकेको दाबी गरेका छन । आफूहरूले डम्बरबहादुरसँग लिएको रकम ६ महिनाभित्र फिर्ता गर्ने लिखित सर्त गरेर गत शुक्रबारै जमिन संस्थाकै नाममा ल्याइसकेकोबरालले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।