६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार रहेका तीन जना पक्राउ



अ+ अ-

लहान । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन बिगो मुद्दामा फरार सिराहा नगरपालिका–१२ सास्वरका ५५ वर्षीय काशिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

यस्तै सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । नरहा गाउँपालिका–३, सिरहा नगरपालिका–१२ सास्वर र माडर, बरियारपट्टीलगायत स्थानबाट सो परिमाणको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको हो ।