१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

रास्वपा पार्टी सचिवालयको आज बसेको बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, सरकारका सकारात्मक तथा परिणाममुखी काममा रास्वपासहित अन्य दलको सहभागितामा सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीका निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक सुशासन तथा व्यवस्थापनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । नवनियुक्त कोषाध्यक्ष डा मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराई नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको विज्ञप्तिमा उल्लेख छ । रासस