१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट



अ+ अ-

दाङ। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । सो अवसरमा राजदूत बासले यही भदौ १० गते रसुवामा गएको बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् पछिको अवस्थामा मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा अत्यधिक सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताउनुभयो ।

“विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पु¥याउन सहकार्य गर्न सकिन्छ ।

कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिन्छ”, राजदूत बासले भन्नुभयो । एघार महिनाको ‘पढ्दै सिक्दै’ कार्यक्रमलाई अझ विस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा उहाँलाई जानकारी गराउनुभएको थियो । रासस