७ पुष २०८२, सोमबार
,
Latest
निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीबाट चार थान हतियारसहित तीन जना पक्राउ



अ+ अ-

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान हतियारसहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले एक पेस्तोल, एक सिक्सर, दुईवटा कटुवा र केही गहनासहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए । तर, उनीहरुको परिचय खुलाएनन् ।

पक्राउ परेकाहरुको साथबाट केही गहनाहरुसमेत बरामद भएको भनिए पनि परिमाण पनि खुलाइएको छैन । सबै जानकारी पत्रकार सम्मेलनमार्फत् दिने उनले जानकारी दिए ।