काठमाडौं । सुनको मूल्य बिहीबार घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ ।
यता चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।