६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन एमालेका सांसद डीबी कार्की पक्राउ, इन्स्पेक्टर बनाउँछु भन्दै घुस लिए



अ+ अ-

काठमाडौं । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले आज बिहान कलंकीबाट कार्कीलाई पक्राउ गरेको हो ।

सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्चले दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

तत्कालीन गृहमन्त्री भीम रावलको पालामा नेपाल प्रहरीले ८० जना इन्सपेक्टरको भर्ना खोलेको थियो ।