६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताला फोरेर पनि एमबीबीएस र बीडीएसको परीक्षा तोकिएकै समयमा हुन्छ



अ+ अ-

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा.जेपी अग्रवालले तोकिएकै समयमा एमबीबीएस र बीडीएसको परीक्षा हुने बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनले सार्वजनिक शिक्षण संस्था सञ्चालन हुने चिकित्सा शिक्षाका स्नातक अध्ययनमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने व्यवस्था सरकारले गरेको थियो । तर भदौ बाट सुरु हुन लागेको परीक्षाको शुल्क भने सो व्यवस्था अनुसार नहुँदा विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।


हाल उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको भिडियो कन्फरेन्सिङ बैठकमा चिकित्साशिक्षाका प्रवेश परीक्षा कुनै हालतमा नरोक्न निर्देशन दिएपछि डिन कार्यालयको ताला खोलिएको छ ।

यही अन्योलताका बीच आईओएमका डीन अग्रवालले परीक्षा तोकिएकै समयमा हुने र विद्यार्थीलाई तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

‘यसै वर्षबाट विद्यार्थीलाई ७५ प्रतिशत छात्रावृत्ति उपलब्ध गराउने सरकारको निर्णय हो । दिने पक्षमा सरकार पनि छ । विश्वविद्यालयले खुल्ला गरेर हामीलाई पत्र पठाएपछि सरकारले विद्यार्थीहरुको लागि प्रदान गरेको ७५ प्रतिशत छात्रावृत्ति अनुदान सुरु हुन्छ’, उनले भने । विद्यार्थीहरुले लगाएको ताला फोरेर पनि परीक्षा लिने तयारीमा सरकार रहेको छ ।

यता आन्दोलनरत विद्यार्थीहरुले भने ऐनमा आइसकेको कुरा कायान्वयन गर्नलाई कुनै पनि समस्या नभए पनि सरकार आफैले कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् ।

आइओएमको विभिन्न विषयको परीक्षा भदौ २१ बाट सुरु हुँदैछ । सो परीक्षाको लागि २० हजारले आवेदन दिइसकेका छन् । यस परीक्षाको लागि चीन, भारत, अमेरिका लगायतका देशबाटसमेत विद्यार्थीले आवेदन दिएका छन् ।