१८ भाद्र २०८३, बिहीबार
,
Latest
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राकृतिक विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापनाका काममा सरकारको क्षमता बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताउनुभयो ।

सचिवालय बैठकमा राहत वितरणलाई प्रभावकारी र द्रुत बनाउन जोड दिइएको उहाँले जानकारी दिनुभयो । संकलन भएका राहत सामग्री कम्तीमा ७२ घण्टाभित्र प्रभावित नागरिकसमक्ष पुर्‍याउनुपर्ने रास्वपाको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

राहत वितरणमा सरकारले ‘एकद्वार प्रणाली’ अनिवार्य नगरेको विषयमा बुर्लाकोटीले सरकारी संयन्त्रको क्षमताले मात्र सबै प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिन हुनसक्ने बताउनुभयो । उहाँले क्षमता भएका संघसंस्थाले आवश्यक समन्वयमा प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत वितरण गर्न सक्ने र वितरण क्षमता नभएका संघसंस्थाले सरकारी संकलन केन्द्रमा राहत सामग्री हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।

सरकार र पार्टीबीचको समन्वयबारे जानकारी दिँदै बुर्लाकोटीले प्रधानमन्त्रीका सल्लाहकारसमेत पार्टीको सचिवालयमा रहेकाले राहत तथा पुनःस्थापनाका विषयमा आवश्यक तयारी र समन्वय भइरहेको बताउनुभयो ।

रास्वपाले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय सहायतामा केन्द्रित हुन सबै पक्षलाई आह्वानसमेत गरेको छ ।