६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियार र सुनसहित तीन जना पक्राउ



अ+ अ-

कैलाली । धनगढीको चटकपुरबाट हतियार र सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर र दुई थान कटुवा सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातलगायतका सामाग्री बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जय रानाको केही बर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो । एकाएक उनले आलिसान घर बनाए, कार चढ्न थाले, ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले । देखिने गरी कुनै पनि कारोवारमा संग्लन नभए पनि उनको जीवनशैली एकाएक फेरिएको थियो ।

छिमेकीले सोध्दा जग्गाको कारोबार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे । तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको स्रोतले बताएको छ । स्रोत भन्छ, ‘उनी यो क्षेत्रै ठूलो जग्गा दलाल समेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए ।’