१८ भाद्र २०८३, बिहीबार
,
Latest
महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

 मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह



अ+ अ-

काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुल नजिकै माथिबाट स–साना ढुंगा सडकमा खसेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार बिहान ९:३५ बजेको समयमा ढुंगा सडकमा खसेका हुन्। सडकमा खसेका ढुंगा हटाउन केही समय लाग्ने कार्यालयले जनाएको छ।

हाल उक्त स्थानमा नयाँ पुलबाट सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

सडकमा ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाएर मात्रै यात्रा गर्न कार्यालयले आग्रह गरेको छ। यात्रा गर्दा सडकको अवस्था हेरेर, आवश्यक परे सवारी रोकेर र अवस्था बुझेर मात्रै अघि बढ्न अनुरोध गरिएको छ।

सडक डिभिजन भरतपुरले सडकमा खसेका ढुंगा हटाउने काम भइरहेको जनाउँदै यात्राका क्रममा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।