१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन: पूर्वमन्त्री शर्मा



अ+ अ-

दाङ । पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले विभिन्न भ्रम हालेर राजा फर्किने हल्ला बाहिर लगिदै गइएको बताए । उनले जति हल्ला फिँजाएपनि राजतन्त्र नर्फकिने दाबी समेत गरे ।

हापुरेमा बिहीबार गरिएको शान्ति सम्मेलमा नेता शर्माले राजतन्त्रको केबल सपना मात्रै रहेको बताए । उनले भने कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन।

उनले गिरिजाप्रसाद कोइराला र प्रचण्डको साहास र योगदानले देश यहाँसम्म आएको प्रष्ट पारे। ‘शान्तिको मुल मर्म सुरु भएको हो,’ उनले भने, ‘यसलाई तोड्न जुनकुनै शक्तिलाई गाह्रै होला।’

उनले शान्तिका लागि समृद्धि आवश्यक रहेको बताए। ‘दुई तिहाई बहुमत हुँदैमा केही हुँदैन’, उनले भने, ‘दलहरुबीच सहमति सहकार्य र वार्ता हुनुपर्छ । त्यसले मात्रै सबै कुरा सम्भव छ।’