२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन: पूर्वमन्त्री शर्मा



अ+ अ-

दाङ । पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले विभिन्न भ्रम हालेर राजा फर्किने हल्ला बाहिर लगिदै गइएको बताए । उनले जति हल्ला फिँजाएपनि राजतन्त्र नर्फकिने दाबी समेत गरे ।

हापुरेमा बिहीबार गरिएको शान्ति सम्मेलमा नेता शर्माले राजतन्त्रको केबल सपना मात्रै रहेको बताए । उनले भने कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन।

उनले गिरिजाप्रसाद कोइराला र प्रचण्डको साहास र योगदानले देश यहाँसम्म आएको प्रष्ट पारे। ‘शान्तिको मुल मर्म सुरु भएको हो,’ उनले भने, ‘यसलाई तोड्न जुनकुनै शक्तिलाई गाह्रै होला।’

उनले शान्तिका लागि समृद्धि आवश्यक रहेको बताए। ‘दुई तिहाई बहुमत हुँदैमा केही हुँदैन’, उनले भने, ‘दलहरुबीच सहमति सहकार्य र वार्ता हुनुपर्छ । त्यसले मात्रै सबै कुरा सम्भव छ।’