१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१९ एसिया कप: अफगानिस्तानको विजयी सुरुवात, श्रीलंकामा पराजित



अ+ अ-

काठमाडौं । अफगानिस्तानले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

श्रीलंकामा बिहीबार सुरु भएको भएको यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ७५ रनले पराजित गरेको हो । १६४ रनको चुनौती पछ्याएको पाकिस्तान खराब प्रदर्शन गर्दै १९.४ ओभरमा ७८ रन मै समेटियो ।

पाकिस्तानका लागि इर्फान खानले १९ र कप्तान रोहइल नाजिरले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि खेल सुरु हुनु भन्दा अघि मैदान चिसो भएका कारण खेल ४६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभरमा ९ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।

अफगानिस्तानका लागि सेदिक उल्लाह एटलले २९ र रहमानउल्लाहले २७ रन बनाएका थिए ।