१७ भाद्र २०८३, बुधबार
,
Latest
शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह



अ+ अ-

काठमाडौँ।  प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोसी नदीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित भएको बतउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्रीले यसलाई जलवायु परिवर्तनको गम्भीर सङ्केतका रूपमा लिनुपर्ने बताउनुभएको हो । यो । उहाँले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले विपद् लगत्तै उद्धार कार्यलाई तिब्रता दिएको र हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको जानकारी दिनुभयो ।

भोटेकोशी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यबारे प्रतिनिधि सभालाई जानकारी गराउनुभएको हो । प्रधानमन्त्री साहकाअनुसार विपद्मा परी अझै ३ हजार ९ सय क१६ जना सम्पर्कविहीन रहेका छन् ।

उद्धार गरिएकामध्ये २९२ जना घाइते भएकोमा १८२ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार जारी छ । हालसम्म १ हजार ११४ वटा शव फेला परेका छन्, जसमध्ये ९५ जनाको पहिचान भई परिवारलाई जिम्मा लगाइएको छ ।

पहिचान हुन नसकेका शवहरूलाई डिएनए परीक्षणका लागि आधार सुरक्षित राख्दै वैज्ञानिक प्रक्रियाअनुसार व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ र थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । कोषबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । जसमध्ये रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा पालिकामा ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ ।

विपद्को यस घडीमा भारत, चीन, अमेरिका, बेलायत, जापान, लगायतका मित्रराष्ट्रहरू र एसियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूले सहयोग गरेको प्रधानमन्त्रीले बताउनु भयो ।

बाढीले ऊर्जा र सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण कुल ४ हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ । भोटेकोसी–त्रिशूली करिडोरका ८ वटा सञ्चालित आयोजना (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन आयोजना (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन् । हाल नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनः सुचारु गरिएको छ ।

सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापना भइसकेको छ भने सञ्चार पहुँच नभएका क्षेत्रमा ३० वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ ।

सडकतर्फ गल्छी–बेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गका विभिन्न खण्डमा ठुलो क्षति पुगेको छ । ४८ वटा झोलुङ्गे पुल र ३१ वटा मोटरयोग्य पुलमा क्षति पुगेकोमा हाल विभिन्न स्थानमा बेली ब्रिज जडान गर्ने कार्य भइरहेको छ । मुग्लिन–नारायणघाट सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरिसक्ने सरकारको लक्ष्य छ ।

बाढीको पूर्वसूचना र सुरुङ (टनेल) उद्धारमा ढिलाइ भएको भनिएको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘यो विपद् पूर्वअनुमानभन्दा बाहिरको थियो । सूचना पाउनेबित्तिकै सुरक्षाकर्मी खटिएका थिए, उद्धारका क्रममा कतिपय सुरक्षाकर्मी आफैँ बेपत्ता हुनुभएको छ ।’

उहाँले टनेलमा बालुवा र लेदो भरिएका कारण उद्धार कार्य प्राविधिक रूपमा अत्यन्तै जटिल भएको र विज्ञहरूको सल्लाहअनुसार काम भइरहेको बताउनु भयो ।

प्रधानमन्त्री सकाहले विपद्को यस समयमा अहोरात्र खटिने सुरक्षाकर्मी, कर्मचारी र सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै प्रभावितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो । –न्युज एजेन्सी नेपाल