काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह संसदबाट बाहिरिएका छन् ।
उनले आजको प्रतिनिधिसभा बैठकको प्रारम्भममै बोल्दै हालैको भोटेकोशी बाढी र त्यसबाट भएको अकल्पनीय क्षतिका बारेमा जानकारी गराएका थिए । संसद बैठक भने अहिले पनि जारी रहेको छ ।
त्यस लगत्तै उनी संसद हलबाट बाहिरिएका थिए । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
प्रधानमन्त्री शाहले गत बुधबार नै संसदलाई सम्बोधन गर्ने कार्यतालिका थियो । तर गत बुधबार बिहान बाढी आएपछि संसद बैठक नै स्थगित भएको थियो ।









