• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

काबुलका नेपाली भन्छन्– ‘सरकार, हामीलाई बचाऊ’



काठमाडौं । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् । ‘शुक्रबार प्रार्थनाको दिन भएकाले धेरै सर्वसाधारण विरोधमासहभागी हुन सक्ने र त्योहिंसात्मक हुन सक्ने सूचना आएको छ,’ गार्डा वर्ल्डका सुरक्षा सुपरभाइजर टेकजंगमल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएकोछ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थ्यो,’ उनले भने ।

‘सरकारले जसरी भए पनि हामीलाई घर फिर्ता गर्नुपर्‍यो,’ क्याम्पका जीवनकुमार पाण्डेले बिहीबार राति टेलिफोनमा कान्तिपुरसँग भने, ‘यहाँको अवस्था निकै डरलाग्दो छ । हामी ५८ जनाले फिर्ता हुन्छौं, ड्युटी गर्न सक्दैनौं भनेर राजीनामा दिएका थियौं । तर जबरजस्ती नाइट ड्युटीमा खटाइएको छ । बुधबार रातिदेखि सुतेका छैनौं ।’

तालिवानको आक्रमणभन्दा पनि डरलाग्दो अवस्था रहेको उल्लेख गर्दै उनले स्थानीयवासी नेपालीसँग निकै आक्रोशित भएको बताए । ‘भोलि जे पनि हुन सक्छ, यहाँबाट बाहिर जान चाहन्छौं । कम्पनीलाई भनेका पनि हौं । मिटिङ पनि भयो । तर कम्पनीले तिमीहरूको कन्ट्र्याक्ट छ, जसरी पनि काम गर्नुपर्छ भनेर ड्युटीमा खटाएको छ,’ उनले भने, ‘शुक्रबार धेरै मान्छेले क्याम्प घेर्दै छन् भन्ने हल्ला छ । बुधबार जस्तो आक्रमण भयो भने हामी खरानी हुन्छौं ।’ वरिपरि तेलका ठूल्ठूलाट्यांकर भएकाले स्थानीयले तिनमा आगो लगाए कोही बच्न नसक्ने उनले बताए । ‘असुरक्षाका कारण अरू सबै गइसके, यहाँ हामी मात्र छौं,’ उनले भने, ‘सरकारले हाम्रो उद्धार गरोस् ।’

काबुलस्थित सेवाप्रदायक कम्पनी ग्रिनभिलेज हस्पिटालिटीमा कार्यरत १५० नेपाली कामदारमध्ये ५८ जनाले घर फर्कन बिहीबारै कम्पनीमा राजीनामा बुझाएका छन् । जलालाबाद नजिकैको ग्रिनभिलेजमा सोमबार राति भएको आक्रमणमा वरपर जोडिएका गाउँघरमा समेत ठूलो क्षति भएपछि गाउँलेले हस्पिटालिटी कम्पनीको क्याम्प ७ दिनभित्र हटाउन ‘जे–जस्ताउपाय पनि अपनाइने’ भन्दै विरोध थालेका छन् ।

विशेषगरी शुक्रबार उक्त क्षेत्रमा रहेको मस्जिदमा प्रार्थनाका लागि आउने समूहकाकारण सुरक्षा खतरा बढ्न सक्ने कारणले ग्रिनभिलेज वरपर थप सुरक्षा तैनाथी गरिएको छ । ‘ग्रिनभिलेजमा रहेका नेपाली आतंकवादी समूहको निसानामा रहेका होइनन्,’ उनले भने, ‘बरु क्याम्पमा रहेका फ्रेन्च, जर्मन, क्यानेडियन, बेलायतीसहितका पश्चिमा मुलुकका नागरिकलाई आतंकवादीले तारो बनाउँदै आएको उनीहरूले सार्वजनिक रूपमा बताएका छन् ।’

सोमबार भएको विस्फोटको जिम्मा तालिवानी समूहले लिइसकेको छ ।ग्रिनभिलेजको व्यवस्थापन युनिटमा झन्डै १५ वर्षदेखि काम गर्दै आएका प्यूठानका आनन्द पुनसहितको समूह पनि आगामी साता घर फर्कन तयार भएको छ । ‘कम्पनीको नियमअनुसार आजको भोलि घर फर्कन सक्ने अवस्था छैन,’ पुनले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो जिम्मेवारीको कामको तालिम अरूलाई दिएर एक साताभित्र घर फिर्नेछु ।’ आतंकवादी हमलामा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगर र कृष्ण थापाको पोस्टमार्टम गर्न थप तीन साता लाग्ने जानकारी आफूले पाएको उनले बताए ।

बिमा तथा क्षतिपूर्ति प्रक्रियाका लागि दिल्लीस्थित दूतावासले काम अघि बढाएको आनन्दले जानकारी दिए । पोस्टमार्टम प्रक्रिया छोट्याउन थप कूटनीतिक पहल जरुरी देखिएको उनले बताए ।

कम्पनीका ५८ भन्दा बढी सुरक्षा कामदारले तत्काल घर फर्कन कम्पनीमा राजीनामा बुझाइसकेको ग्रिनभिलेजमा सेक्युरिटी सुपरभाइजर रहेका टेकजंग मल्लले जानकारी दिए । ग्रिनभिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दावर्ल्ड’ क्यानेडियन सुरक्षा कम्पनी हो । काबुलमा भने यो कम्पनीको व्यवस्थापन बेलायती अधिकारीले हेर्दै आएका छन् ।

‘पछिल्ला वर्षमा गार्दावर्ल्डले नेपाली सुरक्षाकर्मीलाई एकदमै हेपिएका कामदार वर्गमा राखेको छ,’ ग्रिनभिलेजमा १२ वर्ष काम गरेर घर फिरेका बुटवलका प्रकाश केसीले भने, ‘यो कम्पनीबाट हरेक वर्ष बिदामा एक महिना घर आउनैपर्ने नियम छ । तर त्यो समयको तलब र अरू सेवासुविधा पनि कटौती गर्न थालिएको छ । नेपाली सुरक्षाकर्मीलाई मात्रै फ्रन्टलाइन–गार्डका रूपमा राखिएकाले थप सुरक्षा त्रास बढेको छ ।’

ज्यान गुमाउनेमध्ये चन्द्रबहादुर पुन ‘अफ ड्युटी’ मा थिए । तर पनि आतंकवादी समूहलाई मुख्यद्वार बन्द गराएर छेक्न ९कभर दिन० जाने क्रममा गोली लागेर उनी मारिएका थिए । चन्द्रबहादुरकै कारण क्याम्पमा रहेका १ सयभन्दा बढी नेपाली र अरू विदेशीको ज्यान जोगिएको आनन्दको भनाइ छ । यसअघि २०१६ को जुन २० मा काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सार्वे इन्टरनेसनल (बेलायती) कम्पनीमार्फत खटिएका नेपालीमध्ये आत्मघाती बम विस्फोटमा परेर १२ जनाको ज्यान गएको थियो ।

उक्त घटनापछि मृतकको पोस्टमार्टम तथा शव घरफिर्ती प्रक्रियामा तदारुकता अपनाउन नेपाल सरकारले तत्काल इस्लामाबादस्थित नेपाली कूटनीतिक अधिकारीलाई काबुल पठाएको थियो । लगत्तै काबुलमा ज्यान गुमाउने १२ नेपालीको शव ल्याउन र घरफिर्ती चाहने नेपाली कामदारलाई उद्धार गर्न नेपाल सरकारले राष्ट्रिय ध्वजावाहकको चार्टर्ड विमान काबुल पठाएको थियो ।

काबुलस्थित आफूले काम गरेकै कम्पनीमा आएको सुरक्षा त्रास र साथीभाइको घर फिर्ने तदारुकताबारे जानकारी गराउन बिहीबार ग्रिनभिलेजका पूर्वसेक्युरिटी सुपरभाइजर परराष्ट्र मन्त्रालय पुगेका थिए । उनले हाल दक्षिण एसियाअन्तर्गत अफगान मामिला हेरिरहेका उपसचिव सागर फुयाँललाई भेटेर मृतक नेपालीको शव घरफिर्तीमा पहल गर्न र घरफिर्ती चाहनेलाई तत्काल उद्धार गर्न कूटनीतिक पहलका लागि अनुरोध गरेका छन् ।

यसैबीच दिल्लीस्थित नेपाली दूतावासले भने अफगानिस्तानमा कार्यरत नेपालीको सुरक्षाप्रति सचेत रहेको जनाएको छ । दूतावासले दुई वर्षदेखि अफगानिस्तानसमेत हेर्दै आएको छ । नेपालीको सुरक्षाका सम्बन्धमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइरहेको दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।

क्याम्पमा बाँकी रहेका नेपालीलगायत सबै सुरक्षाकर्मीलाई के गर्ने भन्ने सम्बन्धमा बिहीबार साँझ गार्डा वर्ल्ड व्यवस्थापनको बैठकसमेत बसेको थियो । बैठकमा कम्पनीका अधिकारीहरूले आवश्यक परेको खण्डमा अमेरिकी, बेलायती र अफगान प्रहरीबाट समेत सुरक्षा दिइने आश्वासन दिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासले सोमबारको घटनामा मृत्यु भएका दुई नेपालीको शव नेपाल लैजान प्रक्रिया सुरु भइसकेको बताएको छ । शव फिर्ताका लागि रोजगारदाता कम्पनी गार्डा वर्ल्डलाई पत्राचार गरिरहेको दूतावासका प्रवक्ता ओडारीले जानकारी दिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।