१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली स्वदेश फर्किदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचारगरी शुक्रबार फर्किने भएका छन् । थाई एयरवेजबाट प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न आइपुग्ने बालुवाटार स्रोतले जनाएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए।

स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका सत्तारूढ नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडलसमेत प्रधानमन्त्रीसँगै फर्कने जानकारी स्रोतले दिएको छ। प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।