१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति मुगावेको निधन



अ+ अ-

काठमाडौं । जिम्बावेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ । उनले जिम्बावेमा झन्डै चार दशक शासन गरेका थिए । सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९५ वर्षीय मुगाव लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका थिए। उपचारको क्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको छ । सन् २०१७मा भएको सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए । मुगावे सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका थिए।

त्यसअघि सन् १९८० देखि १९८७सम्म उनी प्रधानमन्त्री थिए । पत्नी ग्रेस मुगावेलाई उनले उत्तराधिकारी बनाउन खोजेपछि उनको व्यापक आलोचना भएको थियो।