१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिज : परम्परा धान्दै प्रदर्शनमा आयो ‘सोच’



अ+ अ-

काठमाडौं । यो शुक्रबार अर्थात् आजबाट फिल्म ‘सोच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्म देशभरबाट प्रदर्शनमा आएको हो ।

पूजन सिंह (प्रभाकर प्रकाश)को कथा र निर्देशन रहेको ‘सोच’ देशभरका झण्डै ६ दर्जन हलबाट प्रदर्शनमा आएको हो ।
फिल्ममा निर्देशक पूजनका साथमा प्रज्वल गिरी, नीता ढुंगाना, बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मको पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् भने फिल्ममा एनबि महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । बिदुर पाण्डेले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मसले गरेको हो ।