१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने अध्यक्ष थापाको दाबी



अ+ अ-

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरेका हुन ।

‘प्रदेश ३ को स्थायी राजधानीका लागि हेटौंडासँग सबै पूर्वाधार भएकाले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रूपमा मैले हेटौंडा रोजेको थिए,’ थापाले भने, ‘अब स्थायी राजधानी पनि यसैलाई बनाउनु पर्छ ।’

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई राजधानी बनाउनु जिकिर गरेका थिए ।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न पनि सरकारसँग पुनः माग गरेका छन् ।