१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अहिले राणा शासन होइन जनताको शासन छ: पर्यटन मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले नेपालमै पर्यटनको जनशक्ति उत्पादन गर्न पर्यटन विश्व विद्यालय स्थापनाको घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। उनले यसका लागि ऐनको खाका बनिसकेको र अब मन्त्रीपरिषदबाट स्वीकृत गराउन मात्र बाँकी रहेको बताए।

शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने-‘ हामी सबै पर्यटन व्यवसायीसँग मासिक परामर्श गर्छौं। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीलाई राखेर गोलमेच सम्मेलन गर्छौं।’

मन्त्री भट्टराईले विदेशीको लागि नेपाल सुरक्षित रहेको दावी गरे‍।उनले भने-‘नेपालमा अहिले जनताको शासन छ, कुनै पर्यटन व्यवसायी हेपिनु पर्दैन। राणा शासन छैन जनताको शासन छ।’