६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको जङ्गलमा फेला पर्‍यो दुइटा टाउको भएको दुर्लभ सर्प



अ+ अ-

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा दुइटा टाउको भएको एउटा दुर्लभ सर्प फेला परेको छ।एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो।

सङ्कटापन्न र जोखिमा परेका सरिसृपहरूबारे अध्ययन गर्ने हर्पेटोलोजिकल असो‌शिअट्स नामक संस्थासँग आबद्ध पर्यावरणविद् डेभ श्नाइडरका अनुसार र उनका एक सहकर्मीले अगस्ट २५ मा पाइन ब्यारन्सको जङ्गलमा डबल डेभलाई फेला पारेका थिए।

टिम्बर र्‍याटलस्नेक जातको सो बच्चा सर्पलाई डलब डेभ नाम दिइएको छ। श्नाइडर र उनका सहकर्मी दुवै जनाको नाम डेभिड भएकाले उनीहरूले सो सर्पलाई डबल डेभ नामकरण गरे। सो जातको सर्प विषालु हुन्छ। यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन्। तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन्। ती अङ्ग क्रियाशील छन्।तर शरीर भने टाउकोमुनि एउटै छ।