१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना



अ+ अ-

नुवाकोट।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलनलगायतमा सरकारले गरिरहेको कामबारे आज यहाँ राससलाई जानकारी गराउँदै मन्त्री डा तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा ‘डेडिकेटेट’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

मन्त्री डा तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबाससहितको व्यवस्था गरी ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उहाँको भनाइ थियो ।

“बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।”

मन्त्री डा तिमिल्सिनाले तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीन वटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख गर्नुभयो । त्यसका लागि देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्र प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।  रासस