१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न



अ+ अ-

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाइएको छ।

उद्धार टोलीले हालसम्म सुरुङको फ्रन्ट फेसमा चार वटा प्वाल ड्रिलिङ सम्पन्न गरेको छ। ड्रिलिङबाट प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।

उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीचको समन्वय निरन्तर भइरहेको जनाइएको छ।

आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थालाई ध्यानमा राख्दै उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको हो। उद्धारका क्रममा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी र प्राविधिक उपायसमेत अपनाइँदैछ।