१४ भाद्र २०८३, आईतवार
,
Latest
सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी



अ+ अ-

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनास्थलमा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभरि नै निरन्तर जारी राखेको छ।

तर, आइतबार बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनाको आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ।

बाढीपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सरकारले आयोजना क्षेत्रको समग्र अवस्थाको पुनः अवलोकन तथा मूल्यांकन गरिरहेको छ। माटो र लेदो हटाउन डोजरसहितका भारी उपकरण पुनः परिचालन गर्ने तयारी गरिएको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी पनि अघि बढाइएको छ।

आयोजना क्षेत्रको पावर हाउस नियन्त्रणसँग सम्बन्धित १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायतका उपकरण निकाल्न हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरिएको छ।

सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवननजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने योजना बनाइएको हो।