काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक करोड सहयोग गरेको छ।
कम्पनीले बाढीपहिरो प्रभावितको सहयोगका लागि उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको हो।
कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।









