काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको हो।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि सहयोग जुटाउने क्रम जारी छ।
राष्ट्रपति पौडेलले पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो पारिश्रमिक प्रदान गर्ने निर्णय गर्नुभएको कार्यालयले जनाएको छ।









