११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “हामी अहिले शव व्यवस्थापनको काममा खटिरहेका छौँ ।”

बुधबार बेलुका तनहुँको आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकामा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो ।

आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको तनहुँ प्रहरीले जनाएको छ ।