१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । बुधबार बिहान रसुवामा आएको बाढीका कारण विभिन्न बैंकमा कार्यरत २६ जना कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले जनाएको छ।

संघका अनुसार प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्कविहीन भएका हुन्।

बाढीबाट भोटेकोसी नदी किनार आसपासका टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती बजारमा रहेका बैंकका शाखासमेत प्रभावित भएको तथा केही शाखा बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको संघले जनाएको छ।

यद्यपि, बाढीका कारण बैंकका शाखा तथा कर्मचारीमा भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको संघले जनाएको छ। घटनाको थप विवरण संकलन तथा सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।