१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी अर्काे फिल्ममा पनि सौगात र श्रृष्टी जोडी



अ+ अ-

नायक सौगात मल्लको हातमा चलचित्रको अभाव नै छैन । उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनको चलचित्र रिलिजको संख्या लामो भैसकेको छ । यसको प्रत्यक्ष फाइदा नायिका श्रृष्टी श्रेष्ठलाई परेको छ । सौगातले आफूलाई अफर आएका चलचित्रमा श्रृष्टीको नाम अगाडि सार्ने भएकाले पनि यो जोडी हरेक चलचित्रमा एकसाथ देखिएको छ ।

निर्देशक मधुसुदन भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पनि सौगात र श्रृष्टी अनुवन्धित भएका छन् । चलचित्रका लेखक संचारकर्मी लक्ष्मण सुवेदीले सामाजिक संजालमार्फत यो कुराको पुष्टी गरेका छन् । चलचित्रको नाम फाइनल गरिएको छैन ।

चलचित्रको छायांकन तिहारपछि अष्ट्रेलियामा हुने बताइएको छ । यता सौगात र श्रृष्टीको जोडीलाई भने दर्शकले एकपछि अर्को चलचित्रमा देख्न पाउने भएका छन् । यी दुई अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।