६ भाद्र २०८३, शनिबार
,
Latest
हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन



अ+ अ-

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजना गरेको कार्यशालाको उद्घाटन गर्दै उहाँले एमाले कमजोर भए देश कमजोर हुने बताउनुभयो । अध्यक्ष ओलीले देश सङ्कटमा गुज्रिदै गएको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि जान सकेमात्रै देश बलियो हुने बताउँदै पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउँदै पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देश र जनताको हितमा सरकार लाग्नुपर्ने औँल्याउदै उहाँले प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो । दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने सन्देश दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर र एमालेबाट शपथ लिएका दुई मन्त्रीलाई सम्मान गर्नुभयो ।

सो अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत १५० जना नेताहरूको कार्यशालामा सहभागिता रहेको छ । कार्यशाला आइतबार सम्पन्न हुनेछ । रासस