६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह



अ+ अ-

काठमाडौं।आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका रहने बताएका छन् ।

आज काठमाडौं स्थित आजपाको कार्यालयमा बसेको अग्रगामी मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्दै उनले यस्तो बताए । उनले अहिले देशलाई अन्त्यहीन संकटको भूमरीमा फसाउन खोजिएको भन्दै त्यसलाई रोक्नको लागि मोर्चाको जन्म भएको स्पष्ट पारेका छन्

आजपा अध्यक्ष साहले देशलाई प्रतिगमनतर्फ डोर्याउने षड्यन्त्र भइरहेको र विभिन्न संघर्षबाट प्राप्त उपलब्धि उल्टाउन खोजिएकाले आफूहरु परिवर्तन र अग्रगामी शक्तिहरु एकजुट भएको बताए ।

उनले आफूहरुको सहकार्य कुनै सत्ता प्राप्तिको लागि नभएर संघर्षको लागि भएको स्पष्ट पारे । उनले आफूहरु हिसाब हिसाब गररी गरी नमिलेको तर बेहिसाब पनि नमिलेको जिकिर गरे ।

उनले भने,“हामी हिसाब गरेर मिलेका होईनौं, तर बेहिसाब पनि मिलेका छैनौं ।” उनले मोर्चामा आन्दोलनबाट खारिएर र जनताको अधिकार स्थापित गरेर आएका अग्रणी नेताहरुको सहभागिता रहेकोले यसले देशलाई सही दिशा दिलाउने पनि विश्वास दिलाए । मुलुकका सामू राजनीतिक, आर्थिक र वैदेशि सम्बन्ध सबैखाले समस्या चुलिएको भन्दै यस्तो बेलामा आफूहरुले सत्तामा बसेकाहरुलाई खबरदारी गर्ने पनि साहले विश्वास दिलाए । लोकतन्त्रको लय गुमेको र व्यवस्था नै बरालिएको आभाष भएको भन्दै लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्नको लागि आफूहरुको हस्तक्षेपकारी भूमिका हुने पनि साहले स्पष्ट पारे ।

उनले रास्वपा नेतृत्वको सरकारले सही तवरले देशलाई नेतृत्व प्रदान गर्न नसकेको दाबी गरे । वालेन्द्र शाह नेतृत्वको सरकार नारा नयाँ दिएर उदाएको भएपनि जनताको आकांक्षा पूरा गर्न चुकेको साहको आरोप छ । उनले वर्तमान सरकारले डेभलप्मेन्टको नारा दिएपनि ग्याँसलगायतका सामान्य डेलिभरी पनि दिन नसकेको भन्दै आलोचना गरे । रास्वपाभित्र चुलिएको शक्ति संघर्ष, प्रधानमन्त्रीको कार्यशैली र मन्त्रीहरुको प्रस्तुतिले पनि सरकार एकपछि अर्को गरेर आलोचनाको केन्द्र बनेको भन्दै प्रधानमन्त्रीलाई तत्काल कार्यशैली सुधार गर्न उनको सुझाव थियो ।

एक सय दिनको कार्ययोजना प्रस्तुत गर्दासम्म प्रधानमन्त्री वालेन्द्र शाकको वाहवाही भएको भएपनि सरकारको तर्फबाट नीति तथा कार्यक्रम आउँदा र बजेट आईपुग्दासम्म एकाएक प्रधानमन्त्रीको लोकप्रियतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रीले नै असहयोग गरेको हो कि भन्ने प्रश्न उब्जिएको बताए ।

संघीयता, समानुपातिक समावेशिताजस्ता उपलब्धि खोस्ने दुष्प्रयास गरे जनस्तरबाट प्रतिकार हुने उनको चेतावनी छ । मोर्चा सत्ता प्राप्तिको लागि नभएर केवल देश र जनताको पक्षमा उभिन र संघर्षको मैदानमा खडा हुन गठन गरिएको साहले स्पष्ट पारे । पछिल्लो समय देशको आन्तरिक एकता, सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने षड्यन्त्र भएको भन्दै ती सबै षड्यन्त्रलाई चिर्नपनि मोर्चाले अग्रणी भूमिका खेल्ने साहको भनाई छ ।