६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु



अ+ अ-

म्यान्मा। म्यान्माको बौद्ध गुम्बामा नागरिक भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुले बताएका छन् ।

सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।

विगत पाँच वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक विद्रोहीको समुहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । मानिसहरु प्रार्थनाको लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा बिहान ९ः०० बजे गरिएको पछिल्लो हवाई आक्रमणमा ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।

म्यान्माको वर्षाको मौसमसँग लगभग मेल खाने बौद्ध परम्पराको अवसरमा प्रार्थना गर्न वृद्ध मानिसहरू तीन महिनाका लागि उक्त ध्यान केन्द्रमा प्रवेश गरेको समयमा आक्रमण भएको जनाइएको छ । आक्रमणमा मृत्यु भएका मानिसहरु ५० देखि ७० वर्ष उमेर समुहका रहेको जनाइएको छ । जानकारीका लागि म्यान्माको सेनालाई सम्पर्क गर्न तुरुन्तै सम्भव नभएको जनाइएको छ ।

तर दोस्रो स्थानीय विपक्षी लडाकु समूहले सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने सर्तमा मृतक पाँच जना आफ्नै गाउँका रहेको र अन्य नौ जना अन्य गाउँका रहेको उल्लेख गरेको छ । प्रत्यक्षदर्शीले मानिसहरूलाई बचाउने प्रयास गरिरहेको अवस्थामा पुनः दोस्रो पटक हवाई आक्रमण भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ ।

म्यानमाको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनियाँ र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषक बताउँछन् । म्यान्माका लागि स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) का संयुक्त राष्ट्रका अनुसन्धानकर्ताले गत हप्ता सेनालाई नागरिकविरुद्ध अन्धाधुन्ध र जानाजानी हवाई आक्रमण गरेको आरोप लगाउँदै प्रतिवेदन प्रकाशित गरेका थिए ।

सार्वजनिक भवन, मठ-मन्दिर, विद्यालयलाई लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ । म्यान्माको सरकारले आइआइएमएमको दाबीलाई म्यान्माको सुरक्षा बलविरुद्ध अप्रमाणित र गलत जानकारीको आधारमा गरिएको एकतर्फी आरोप भनेको छ । पाँच वर्षको सैनिक शासनपछि, म्यान्माको सेनाले सन् २०२६ को सुरुतिर चुनाव सम्पन्न गरेको थियो ।

आइआइएमएमले जारी गरेको प्रतिवेदनमा चुनाव अघिको समयमा हवाई आक्रमणमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । प्रजातान्त्रिक विश्लेषकले लोकप्रिय सुकीलाई छोडेर, उहाँको पार्टीलाई आलोचना गर्दै असहमति जनाउनेलाई जेल सजाय दिएर सैन्य शासनलाई पुनः स्थापित गर्ने प्रक्रिया भन्दै मतदानलाई बहिस्कार गरेका थिए ।

मतदानको परिणाम स्वरूप विद्रोही समुहका नेता मिन आङ ह्लाइङले अप्रिलमा राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो । उहाँले हाल म्यान्माको निर्वाचित सरकारलालाई स्थापित गर्न तथा विदेशमा कूटनीतिक मान्यता प्राप्त गर्न कडा कूटनीतिक पहलको नेतृत्व गरिरहनु भएको छ ।

भारत, चीन, लाओस र थाइल्यान्डलगायतका देशले हालै मान्माको भ्रमण गरेर उहाँलाई खुला रूपमा समर्थन गरेका छन् भने अभियानकर्ताहरूले आलोचना गर्दै उनीहरुलाई अनुचित वैधता दिएको गुनासो गरेका छन् ।

यस हप्ता, मिन आङ ह्लाइङले रूस र बेलारुसको भ्रमण गर्नुभएको छ भने उनीहरु विद्रोह पछिको म्यान्मा सरकारका दृढ सहयोगीका रुपमा रहेका छन् । रासस/एएफपी