७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मेलम्चीको पानी १ जनालाई १२७ लिटर

मेलम्चीको पानी १ जनालाई १२७ लिटर
अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’

मेलम्ची, याङग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै उनले ४० लाख जनताले सामानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने बताए । थोक वितरण प्रणाली ९मुख्य० को ७६ मध्ये ७५ किमि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये ४० किमि पाइपको टेस्टसमेत भइसकेको छ । साथै, १० वटा पानी पोखरीमध्ये ७ वटाको पानी हालेर परीक्षण भइरहेको छ ।

हाल सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटर दरले ल्याउने काम भइरहेको उनले बताए । ‘महाकाल पोखरीमा ल्याएर त्यहाँ पाइपमा पठाएर अन्य पोखरीमा पठाएर परीक्षण गरिराखेका छौं,’ उनले भने, ‘त्यसपछि बस्तीमा पठाएका पाइपको पनि परीक्षण गर्छौं ।’ अहिले मुख्य पाइपको मात्र परीक्षण भइरहेको उनले बताए ।

हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उनले बताए । पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावटभएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको छ ।
अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । खत्रीका अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्र रहेको पानी मुख्य पाइपद्वारा पोखरीमा खन्याइने छ । आरुबारी (८ हजार ५ सय घनमिटर), बाँसबारी (९ हजार ५ सय), महांकाल (८ हजार), खुमलटार (९ हजार ५ सय), बालाजु (७ हजार), भक्तपुरको टिगनी (३ हजार), महाराजगन्ज (७ हजार ५ सय), कीर्तिपुर (६ हजार) र धोबीघाटमा (८ हजार ५ सय) क्षमताको पोखरी निर्माण भइसकेको उनले बताए । कटुञ्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण कार्य अघि बढिरहेको उनले बताए ।

मुआब्जा विवादले गर्दा भक्तपुरको कटुञ्जेमा पोखरी निर्माण कार्य अलि ढिलाइ भएको उनले बताए । ‘८० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने । लामो समयदेखि राजधानीवासीले प्रतीक्षा गरेको मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ७४ हजार ५ सय बढी घनमिटर क्षमताका १० वटा पानीपोखरी निर्माण भएको खत्रीले बताए ।

ती पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए । सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिको घरमा पानी वितरण गरिने उनले बताए । ‘कुनै घरमा थोरै, कसैमा धेरै पानी वितरण हुँदैन,’ उनले भने, ‘आधुनिक मेसिनद्वारा पानी वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार धारामध्ये ७३ हजार धारा जडान भइसकेका छन् ।

बाँकी रहेका धारा पनि जडान कार्य तीव्र रूपमा अघि बढिरहेको उनले बताए । उपत्यकाको ढल व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन ९ वटा स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिने उनले बताए । ढल प्रशोधन केन्द्र निर्माण कार्य सम्पन्न हुन अन्तिम चरणमा रहको उनले बताए ।

हाल सुस्त रूपमा काम अघि बढिरहेको भन्दै उनले मेलम्चीको सुरुङको निर्माण अघि बढेपछि मात्र एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गर्ने जनाएको बताए । ‘सुरुङ काम ठप्प छ, त्यसकारण त्यसको सुनिश्चिता नहुन्जेलसम्म अरू काम अघि नबढाऊ भनेको छ,’ उनले भने, ‘अन्य काम अघि बढेको छैन ।’ रिङ रोडभित्र र बाहिर केही पाइप बिछ्याउन बाँकी रहेको भन्दै उनले एडीबीले संकेत दिनेबित्तिकै काम अघि बढाउने बताए । ‘अहिले काम भइरहेको स्थानमा बढी केन्द्रित छौं,’ उनले भने । फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पनि तीव्रताका साथ अघि बढिरहेको उनले बताए ।

गुह्येश्वरी, कोडकु, सल्लाघारी र धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले बताए । ढललाई पाइपमार्फत् प्रशोधन केन्द्रमा पुर्‍याई त्यसबाट फिल्टर गरिने छ ।‘जलचर बाँच्नका लागि आवश्यक मात्रामा अक्सिजन रहेको सुनिश्चित गछौं,’ उनले भने, ‘त्यसका लागि वाग्मती नदी माथिल्लो धापमा विभिन्न भौतिक संरचना निर्माण भइराखेका छन् ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।