६ भाद्र २०८३, शनिबार
,
Latest
रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु



अ+ अ-

युक्रेन। युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिनपछि पुनःआक्रमण भएको हो।

किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेको केहि समयपछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ। प्रारम्भिक जानकारीअनुसार, आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको प्रशासनले जनाएको छ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी शहर जापोरिझियामा भएको रूसी ड्रोन आक्रमणका कारण एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिवी रिहको व्यस्त सपिङ सेन्टरमा भएको ड्रोन आक्रमणमा १६ जनासहित शुक्रबार भएको शृखलाबद्ध रूसी बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ।

क्षेत्रीय सैन्य गभर्नर ओलेक्सान्डर गान्जाका अनुसार रातभरि उद्धार कार्य जारी रहेको थियो भने दुई बच्चासहित नौ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ। आक्रमणमा २३ बालबालिका सहित १३० जना घाइते भएको उद्धार तथा राहत सेवाले जनाएको छ। यस वर्ष आक्रमणमा उच्च सङ्ख्यामा नागरिकको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ।

युक्रेनी सेनाले ब्यालिस्टिक मिसाइल रोक्न सङ्घर्ष गरिरहेको समयमा रूसले आफ्नो आक्रमण बढाउँदा किएभले आफ्ना सहयोगीलाई थप समर्थनका लागि बारम्बार अपिल गरेको छ।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न वार्ताको टेबलमा आउन मस्कोलाई दबाब दिन युक्रेनले हालैका महिनामा रूस माथि प्रतिशोधात्मक आक्रमण बढाएको छ। रासस/एएफपी