७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डेंगुका बिरामी अस्पतालमा नअटाएपछि ग्यारेजमै उपचार

डेंगुका बिरामी अस्पतालमा नअटाएपछि ग्यारेजमै उपचार
अ+ अ-

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगुका बिरामीको भिड लागेको छ । ठाउँ अभाव भएपछि ग्यारेजमा समेत बिरामीको उपचार गर्न थालिएको छ । हरेक दिन पाँच सय डेंगुका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

देशभरबाट बिरामी आएसँगै अस्पतालमा उपचारका लागि स्थान अभाव भएको अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । दैनिक तीन सयको संख्यामा बिरामी आउने यो अस्पतालमा अहिले दैनिक एक हजारजना बिरामी आउने गरेको सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिए ।

अहिले एक चिकित्सकले दैनिक एक सय ५० जनासम्म बिरामी हेर्नु परिरहेको पनि उनले बताए ।बिरामीको अत्यधिक चापका कारण सोमबारदेखि अस्पतालले ग्यारेजलाई समेत क्लिनिक बनाएको छ । त्यस्तै, दुईवटा काउन्टरलाई बढाएर चारवटा बनाइएको छ । ज्वरोको क्लिनिक संख्या एकबाट बढाएर दुई बनाइएको छ ।

बढी काम गर्ने चिकित्सकलाई खाजा तथा खानाको व्यवस्था
बिरामी धान्न नसकेपछि अस्पतालले समयअवधिभन्दा बढी काम गर्ने चिकित्सकका लागि खाजा र खानाको व्यवस्था गरेको छ । ‘चिकित्सकको काम गर्ने समय आठ घन्टा हो,’ खतिवडाले भने, ‘त्यसैले बढी काम गर्ने चिकित्सकलाई खाजा र खानाको व्यवस्था अस्पतालले सुरु गरेको छ ।’

उपचार प्रक्रिया व्यवस्थित गर्न मंगलबार (आज) बाट १० जना सहयोगी राखिने सूचना अधिकारी खतिवडाले बताए । अस्पतालले डेंगु परीक्षण गर्ने किट नौ सय २० रुपैयाँमा खरिद गरी ६ सय रूपैयाँमा सेवा दिइरहेको छ ।

डेंगुबारे जनचेतनाको कमी, बिरामी विद्यार्थीलाई विद्यालयमा दुव्र्यवहार
काठमाडौं भोटेबहालनिवासी १६ वर्षीय मिलन पाण्डे ९थर परिवर्तन० कक्षा १० मा अध्ययन गर्छन् । एक हप्तादेखि भाइरल ज्वरोले थलिएका उनलाई स्वास्थ्य परीक्षण गर्दा डेंगु पोजेटिभ देखियो । डेंगु देखिएकै कारण मिलन विद्यालयमा अपमानित हुनुप(यो । सोमबार उपचारका लागि टेकु अस्पताल पुगेका उनले रुँदै चिकित्सकसामु विद्यालयमा आफूसँग गरिएको दुव्र्यवहार सुनाए ।

बिरामीको भनाइ उद्धृत गर्दै डा. शेरबहादुर पुनले भने, डेंगु भएको भन्दै उनलाई विद्यालयमा छेउछाउमा नआउन भनिएछ । डेंगु भएको बिरामीलाई छुँदा अर्को व्यक्तिमा रोग सर्छ भन्ने गलत विश्वास जनमानसमा देखिएको डा. पुनले बताए ।

‘डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन,’ उनले भने । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेले यो
रोग सार्छ ।’

डेंगु यिनै लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । ‘यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेक लालले भने, ‘एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो देखिन्छ ।’

विश्वव्यापी अवस्था
विगत केही दशकदेखि विश्वभरि नै डेंगु रोगको संक्रमण बढ्दै गएको छ । गत ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छ । एक सय २८ भन्दा बढी मुलुकका झन्डै चार अर्ब मानिस यस रोगको जोखिम क्षेत्रमा बसोवास गर्छन् । प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

डेंगु लागेको थाहा पाउने तरिका

  • १०३ डिग्रीसम्मको उच्च ज्वरो आउनु
  • टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, शरीर, जोर्नी दुख्ने, राताराता बिमिरा देखापर्नु
  • सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखापर्छ
  • रोकथामका उपाय
  • गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
  • पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
  • एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि पूरा बाहुला भएको वा शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
  • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । घरका भ्mयाल–ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घरवरिपरि सफा–सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।

डेंगु सार्ने लामखुट्टेको जीवनकाल

  • लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ ।
  • एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजारवटासम्म अन्डा पार्ने गर्छ ।
  • संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन्, यसको अन्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छ । लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्ने गर्छ । हरेक अन्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति रोगबाट संक्रमित हुन्छ ।
  • पोथी जातको लामखुट्टेलाई फुल पार्न प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्छ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछ ।

नेपालमा डेंगु

  • सन् २००४ मा झापामा पहिलो बिरामी (विदेशी) भेटिएको ।
  • सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएको ।
  • सन् २०१० मा चितवनलगायत रुपन्देही, नवलपरासी जिल्लामा महामारीका रूपमा फैलिएको । देशभर नौ सय १७ जना बिरामी ।
  • सन २०१६ मा देशभर जम्मा १५२७ केस देखिएको ।
  • सन २०१७ मा देशभर जम्मा २१११ केस देखिएको ।
  • सन २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीका रूपमा फैलिएको र देशभरमा जम्मा ८११ केस देखिएको । सन २०१९ मा ६१ जिल्लामा देखिएको । नयाँ पत्रिका दैनिकबाट