६ भाद्र २०८३, शनिबार
,
Latest
टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ। स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ ।

संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् ।

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर ! पीडितलाई न्याय देउ !, बलात्कारीलाई फाँसी दे !, चाहिदैन ठुला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्लि बनाइदेउ सरकार !, न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुनुपर्ने हो ? लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो ।

साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल