६ भाद्र २०८३, शनिबार
,
Latest
टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेतृ सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र राजनीतिक तयारीलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको राजनीतिक परिस्थितिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट पैदा भएको उल्लेख गर्दै सुवेदीले प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्नु नै समाजवादी क्रान्तिको आधार भएको बताउनु भयो ।

उहाँले सदन, सडक र सरकारका तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने पार्टीको नीति रहे पनि हाल संघीय संसद्मा न्यून उपस्थिति र केन्द्रिय सरकारमा सहभागिता नरहेकाले सडक मोर्चा नै मुख्य विकल्प भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले समाजवादी क्रान्तिको तयारीको पनि पूर्वतयारीको चरणमा छौँ । यसका लागि आम कार्यकर्ता र जनताका बीचमा आधारभूत सिद्धान्त र राजनीतिक कार्यदिशालाई प्रस्ट पार्दै लैजानु हाम्रो मुख्य कार्यभार हो । अहिले राष्ट्रियताका मुद्दाहरू सङ्कटपूर्ण बन्दै गएका छन्, जनतन्त्र र जनजीविकाका सवालहरू ओझेलमा परेका छन् । महँगी, कालाबजारी, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्याले जनता आक्रान्त छन् । तर हामी सङ्गठनात्मक काममा मात्रै अल्झिँदा सडकमा सशक्त उपस्थिति जनाउन सकिरहेका छैनौँ ।’

नेतृ सुवेदीले सङ्गठनात्मक प्रक्रियालाई यथासक्य चाँडो सम्पन्न गरी सरकारका जनविरोधी कदमविरुद्ध जनताको आवाज लिएर सडकमा निस्कन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

पार्टीको आवश्यकता अनुसारको खबरदारीका लागि सडकमा उत्रिन सङ्गठन सधैँ तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल