७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यसरी गर्दैछन् ओली र मोदीले अन्तरदेशीय पाइपलाइनको उद्‍घाटन

यसरी गर्दैछन् ओली र मोदीले अन्तरदेशीय पाइपलाइनको उद्‍घाटन
अ+ अ-

अमलेखगञ्ज । बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन आज (मंगलबार) हुँदैछ। भव्य कार्यक्रम आयोजना गरी अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ। पहिलो पटक नेपालमा ुहाइटेकु प्रविधिमार्फत पाइपलाइनको उद्घाटन गर्न लागिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलकाअनुसार मंगलबार दिनको ठिक १२ बजेर १५ मिनेटमा उद्घाटन कार्यक्रम तय भएको छ।

पाइपलाइनको पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ। उद्घाटनका लागि नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपो कार्यालयले सम्पूर्ण तयारी सम्पन्न गरेको छ। उद्घाटन पश्चात यो पाइपलाइनबाट पहिलो चरणमा डिजेल आपूर्ति गरिनेछ।

उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरलाई समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाईले भारतको मोतिहारीस्थित पाइपलाइनको मुख्य सप्लाईको भल्ब खुल्नेछ। यसपछि नेपालका प्रधानमन्त्री ओलीको रिमोटको थिचाईले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुलेर डिपोमा इन्धन खसालिनेछ।

कसरी आउँछ तेल ?

यो प्रविधिको प्रयोगसम्बन्धी आवश्यक जानकारी मोतिहारीस्थित इण्डियन आयल कर्पोरेशनको डिपो (आईओसी), अमलेखगञ्जको डिपोसहित मोदीको कार्यालय र सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा जडान गरिएको विशेष प्रकारको भिडियो कन्फरेन्समार्फत एक अर्कालाई जानकारी दिइनेछ।

पाइपलाइनमा इन्धन पहिलेदेखि नै भरिएर राखिएको छ। त्यही भएर रिमोटको बटन थिच्नासाथ पाइपबाट डिपोमा खस्न थाल्नेछ। यसरी पाइपबाट झरेको इन्धन बोतलमा राखेर भारतको बरौनीस्थित डिपो प्रमुखले नेपाल आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

निगम प्रमुखले यो इन्धन अमलेखगञ्जको डिपोमा भएको भण्डारण गृहमा खसाल्नेछन्। उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आयल निगमका विभागीय प्रमुख, डिपो प्रमुखहरू अमलेखगञ्ज आइपुगेका छन्।

निर्धारित समयमै अमलेखगञ्जमा पनि कार्यक्रमको आयोजना गरिएको छ। यो कार्यक्रममा सहभागी हुन इण्डियन आयल कर्पोरेशन ९आईओसी० का चिफ जेनरल म्यानेजरसहितका अधिकारी अमलेखगञ्ज आइपुगेका छन्।

उद्घाटनसँगै पहिलो चरणमा पाइपलाइनमार्फत अमलेखगञ्जको डिपोमा डिजेल खसालिनेछ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार यो पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर ९दुई लाख लिटर० इन्धन अमलेखगञ्जको डिपोमा खसालिनेछ। पाइपलाइनको गत साउन २ गते सफल परीक्षण भइसकेको छ।

पेट्रोल र मट्टितेलको भण्डारण गर्ने थप डिपो तयार नभएकाले करिब दुई वर्षसम्म पाइपलाइनबाट डिजेलमात्रै आपूर्ति हुनेछ। डिपो तयार भएपछि पेट्रोल र मट्टितेल पनि आपूर्ति गरिनेछ। पाइपलाइनबाट आउने डिजेल भण्डारण गर्नका लागि अहिले तीन हजार ९०० किलोलिटरको दुई र चार हजार तीन सय किलोलिटरको दुई डिपो अद्यावधिक गरिसकिएको छ।

पौडेलकाअनुसार आईओसीले बरौनी–पटनासम्म आएको पाइपलाइनलाई मोतिहारीसम्म ल्याएको छ। नेपालमा ओछ्याइएको पाइपलाइनलाई यही मोतिहारीको पाइपलाइनमा जोडिएको हो। मोतिहारीबाट रक्सौंलको नेपाल-भारत सीमासम्म ३२.८० किलोमिटर र अमलेखगञ्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२८ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइएको हो।

यसअघि रक्सौलस्थित भारतीय डिपोबाट पाइपलाइन विस्तार गर्ने योजना थियो। तर भारतीय सरकारले वातावरणीय प्रदूषण र उच्च जोखिम भन्दै रक्सौलबाट डिपो हटाउने निर्णय गरेपछि मोतिहारीको पाइपलाइनमा अमलेखगञ्जको पाइपलाइन जोडिएको हो।

पाइपलाइनबाट भित्र्याइने इन्धनको विषयमा भने आईओसी र निगमबीचको सम्झौता प्रत्येक ५–५ वर्षमा नवीकरण गर्ने व्यवस्था गरिएको छ। पौडेलले भने, ‘निगमले तेश्रो मुलुकसँग पनि इन्धन आयात गर्न पाउने सम्झौतामा उल्लेख छ।’

पाइपलाइनको सुरक्षाको जिम्मा नेपालतर्फ नेपाली सेनाले पाएको छ। यस्तै भारततर्फ सुरक्षाको जिम्मा तेल उद्योग सुरक्षा निर्देशनालय ९ओइएस आईडी० तथा पेट्रोलियम तथा विस्फोटन सुरक्षा संगठनले पाएको छ।

के छ फाइदा ?

पाइपलाइनबाट इन्धन आएपछि सबैभन्दा ठूलो उपलब्धि निर्धारित समयमा इन्धनको सुनिश्चितता हुनेछ। सडकमार्गमा जस्तोसुकै अवरोध सिर्जना भएपनि पाइपलाइनमार्फत इन्धन मगाउन कुनै पनि प्रकारको अवरोध सिर्जना हुनेछैन।

‘जतिबेला जति परिमाण आवश्यक पर्छ, त्यो परिमाणमा अवरोधबिना सहज रुपमा इन्धन भित्र्याउन पाउँछौं, हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘पाइपलाइनबाट ल्याउँदा यसबाहेक पनि विभिन्न क्षेत्रमा फाइदैफाइदा छन्।’

सीमा क्षेत्र र सडकमार्गमा बेला मौकामा हुने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण नेपाली उपभोक्ताले ब्यहोर्दै आएको इन्धनको अभाबाट छुटकारा पाउनेछन्।

अहिले करिब ७० प्रतिशत इन्धन बरौनीस्थित आईओसीको डिपोबाट रक्सौल नाका हुँदै अमलेखगञ्जको डिपोसम्म भित्र्याइन्छ। दैनिक चार हजार किलोलिटरभन्दा बढी इन्धन यो नाकामार्फत भित्र्याइन्छ।

यसका लागि दैनिक करिब दुई सयदेखि तीन सयको संख्यामा ट्यांकरको प्रयोग हुन्छ। गोइतकाअनुसार पाइपलाइनबाट इन्धन आएपछि इन्धन ल्याउन खर्च हुँदै आएको ढुवानी खर्च वार्षिक रुपमा ५० करोडभन्दा बढी जोगिनेछ।

निगमले ढुवानी गराउँदा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा ट्यांकर व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ। ट्यांकरबाट हुँदै आएको ढुवानी बन्द भएपछि सडक मार्गमा चाप घट्ने र यसले वातावरणलाई स्वच्छ बनाउनुका साथै बिग्रिराख्ने सडक मार्ग पनि जोगिनेछ।

ट्यांकरजन्य सवारीको दुर्घटना रोकिनुका साथै इन्धन चोरी, चुहावट र मिसावटजस्ता घटना पनि रोकिनेछन्।

ट्यांकरले गर्दा जाम भइराख्ने सडकमार्ग पनि खुकुलो हुनेछ। यसबाहेक श्रम शक्ति, मेन्टिनेन्सलगायत अन्य विभिन्न क्षेत्र गरी हुने खर्च करिब ५० करोड रुपैयाँ वार्षिक रुपमा थप जोगिने निगमको दाबी छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ,।