७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रमुख-उपप्रमुख घम्साघम्सी

प्रमुख-उपप्रमुख घम्साघम्सी
अ+ अ-

काठमाडौं । सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख/उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ। केहीको बोलचाल बन्द छ। केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन्। बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटगत स्वार्थ लगायतका कारण विवाद चुलिएको हो। जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध पुगेको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन्।

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख र उपप्रमुखको विवाद अदालतमा पुग्दा नगरपालिका ठप्प छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिम र उपाध्यक्ष उर्मिला राईबीचको द्वन्द्व सतहमा देखिएको छ।

इलाम नगरपालिका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्बाङबीच २ वर्षदेखिको विवाद सामसुम भए पनि कार्यसम्पादन राम्ररी हुन सकेको छैन। न्यायिक समितिको संयोजक भएर कुर्सीमा बसेको दुई वर्षसम्म आफू नै मेयरबाट अन्यायमा परेको भन्दै उपमेयर नेम्बाङले गुनासो पोखिन्।

गत असार २८ गते भएको नगरसभामा उर्लाबारीका मेयर खड्ग फागोले एकलौटी गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरले मुद्दा हालेपछि विवाद चुलियो। अदालतले नगरसभाको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दियो। यसपछि नगर तथा वडा कार्यालयका सबै आर्थिक काम रोकिएका छन्।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम र उपाध्यक्ष राईबीच ६ महिनाअघिको गाउँपालिकाको बैठकमा तीव्र विवाद भयो। ‘अध्यक्ष-उपाध्यक्ष द्वन्द्वले हामीलाई कामै गर्न अप्ठ्यारो परेको छ,’ एक कर्मचारीले भने, ‘जनप्रतिनिधिको स्वार्थले गर्दा काम प्रभावित हुने गरेको छ।’ पाँचथरको फालेलुङ, कुम्मायक, याङवरक र तुम्बेवा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच द्वन्द्व छ। ‘अध्यक्ष र उपाध्यक्षबीच कुनै न कुनै विषयमा द्वन्द्व छ,’ याङवरकका एक कर्मचारीले भने, ‘एउटै दलबाट जिते पनि दलभित्रको गुटगत स्वार्थका कारण विवाद हुने गरेको छ।’

रौतहटको ईशनाथ नगरपालिकाकी उपमेयर हुसने आरा खातुनले मेयर सन्तोष मेहताले आफूलाई बाइपास गरेको गुनासो गरेकी छन्। नगरपालिकाको योजनाका विषयमा कुनै पनि जानकारी नहुने उपमेयरको भनाइ छ। राजदेवी नगरपालिकामा औषधि खरिदमा अनियमितता भएको भन्दै उपमेयर अंशु सिंहले स्टोर कोठामै ताला लगाइदिइन्। नगरसभा उद्घाटन कार्यक्रममा मेयर/उपमेयरबीच विवाद भयो। मेयर धीरेन्द्र सिंह एकलौटी चल्न खोजेको सिंहको आरोप छ।

गुजरा नगरपालिकाका उपमेयर रौशना खातुनले मेयर सन्तलाल चौधरीले एकलौटी ढंगले नगरपालिकाको कामकाज गरेको भन्दै पत्रकार सम्मेलनै गरिन्। कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह र उपमेर नुरजहा खातुनबीच मनमुटाव भएको महिनौँ बित्यो। मेयर कुशवाहले खातुन कार्यवाहक मेयर भएका बेला आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आएका छन्। राम्रो काम गरेकाले राजनीतिक रूपमा बदनाम गराउन खोजेको खातुनको गुनासो छ।

दुई महिनाअघि यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साहमाथि अध्यक्ष श्रीप्रसाद मुखियाले दुर्व्यवहारगरेको भन्दै जिल्लाभरका स्थानीय तहका उपमेयर आन्दोलित भए।

चन्द्रपुरमा मेयर रामचन्द्र चौधरीले महँगो गाडी चढेपछि उपमेयर रामरती चौधरीले पनि त्यस्तै गाडी माग गरेकी थिइन्।देबाही नगरपालिकामा मेयर धर्मेन्द्र पटेल र उपमेयर परनियादेवीबीच योजना छनोटका विषयमा विवाद छ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपालबीच बोलचाल छैन। उनीहरू एउटै सवारीसाधन प्रयोग गर्दैनन्। उपाध्यक्ष नेपालले अध्यक्षले आफूलाई हेप्ने, कुनै कुरा सुनुवाइ नगर्ने गरेको गुनासो गरिन्।

दोलखा कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबीचको द्वन्द्वको कारण अघिल्लो आवमा गाउँसभाबाट पारित नै नगरी वार्षिक बजेट खर्च गरिएको थियो। उनीहरूकै विवादका कारण

कालिञ्चोक गाउँपालिकामा ७ जना कार्यकारी प्रमुख सरुवा भइसकेका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाबीच विवाद हुँदा गाउँपालिकाको काम प्रभावित हुँदै आएको छ। हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाबीच राम्रो सम्बन्ध छैन।

नुवाकोटको विदुर नगरपालिका मेयर र उपमेयरबीचको गाडीसम्बन्धी विवाद सतहमै आएको थियो। मेयर सञ्जु पण्डितसँग उपमेयर गीताकुमारी दाहाल अर्यालले ४ वटा बोर्ड बैठकमा योजना बाँडफाँटको विषयमा विवाद गरेको विदुर-३ का वडाध्यक्ष बद्री रिमालले बताए। बेलकोटगढी नगर प्रमुख राजेन्द्ररमण खनाल र उपप्रमुख कविता ढुंगानाबीच शीतयुद्ध छ।

किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले योजना छनोटदेखि निर्णायक काम एकलौटी गरेको उपाध्यक्ष मायादेवी घले (न्यौपाने) को गुनासो छ।

कपिलवस्तु नगरपालिकाको विवाद उच्च अदालतसम्म पुगेको छ। चालु आवको बजेट निर्माणमा प्रमुख करण सिंहले अधिकार मिचेको भन्दै उपप्रमुख लक्ष्मी गुप्ता सावले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा हालेकी छन्। मुद्दाको सुनुवाइ असोज १ मा हुँदै छ।

प्युठानको ऐरावती गाउँपालिकामा कार्यकारी प्रमुखको सरुवा र नदीजन्य पदार्थ उत्खननबारे प्रमुख र उपप्रमुखबीच मनमुटाव छ। उपप्रमुख बुद्ध बस्नेतले गाउँपालिकाको फेसबुक पेजमा प्रकाशित उत्खननसम्बन्धी सूचनामा ‘कहिलेको निर्णय रहेछ यो रु’ भन्दै कार्यपालिकाकै बैठकको अनभिज्ञता जनाएका छन्।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तवले गाडी सुविधा नपाएपछि कार्यालयमा तालाबन्दी गरिन्। नगरपालिकाले गाडी सुविधा दिएपछि विवाद साम्य भए पनि योजनामा छलफल हुन सकेको छैन।

रूपन्देहीकै सम्मरीमाई गाउँपालिकामा उपाध्यक्ष प्रियंका सिंहले गाडी सुविधाको दाबी गर्दै बखेडा झिक्दा योजना प्रभावित छन्। अध्यक्ष जितेन्द्रनाथ शुक्लाले न्यायिक समितिमा हस्तक्षेप गरेको भन्दै उपाध्यक्ष सिंहले आपत्ति जनाएकी छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिकामा उपाध्यक्षलाई गाडी सुविधा नभएको विषयमा विवाद थियो। सुविधा मिलेपछि विवाद साम्य भएको छ।

कोहलपुर नगरपालिकामा योजनाको नाम राख्ने विषयमा प्रमुख र उपप्रमुखबीच विवाद थियो। विवाद मिलाउन वार्ता समिति नै गठन गर्नुपर्‍यो। रंगशाला, सडकको नाम राजनीतिक रूपमा राख्न खोजिएकाले आफूले विरोध गरेको उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्।

नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरले गत वर्ष प्रमुख धवलशमशेर राणाविरुद्ध पत्रकार सम्मेलन नै गरेकी थिइन्। उपमहानगरपालिकामा विषयगत महाशाखा राख्ने र नराख्ने पक्षमा विवाद भएको हो।

दाङको घोराही, रूपन्देहीका गैडहवामा प्रमुखविरुद्ध वडाध्यक्षको निरन्तर मोर्चाबन्दी चलिरहन्छ। गैडहवामा वडाध्यक्षले कम्तीमा दुई करोड बजेट पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिएर समयमा बजेट ल्याउन दिएनन्।

कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द भएको ६ महिना बित्यो। नगरपालिकाले गौरवको आयोजनाका रूपमा अघि सारेको मोहनलाल पार्कमा अनियमितता भएको भन्दै उपप्रमुख टीकाथापाले प्रमुख महादेव बजगाईंको आलोचना गरेपछि उनीहरुबीच बोलचाल बन्द भएको हो।

डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख संगीता भण्डारीबीच असमझदारी सुरु भएको एक वर्ष भइसकेको छ। आ-आफ्नो क्षेत्रमा बढी बजेट पार्ने विषयमा उनीहरूबीच विवाद छ।

भागेश्वर गाउँपालिकामा अध्यक्ष कौशिला भट्ट र उपाध्यक्ष पदम बोहराबीच विवाद छ। उपभोक्ता समिति गठनदेखि बजेट बाँडफाँटमा विवाद हुने गरेको स्थानीयको भनाइ छ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा प्रमुख अशोक चन्द र उपप्रमुख सुशीला सिंहबीच खटपट थियो। ‘नगरपालिकामा एउटा मात्र गाडी, त्यसमा प्रमुखसाप मात्र चढ्ने। तर आफूलाई गाडी नभएको भन्दै उपप्रमुखले कुरा उठाएपछि पटकपटक विवाद र मनमुटाव भएको थियो’, एक कर्मचारीले भने। अहिले उपप्रमुखलाई पनि गाडीको व्यवस्था गरिएकाले विवाद सुल्झेको छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।