७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
अ+ अ-

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरू निरन्तर सम्पर्कमा रहने बताएका छन् ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर कहिले हुने निर्क्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबारको द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने
नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रूपमा लिनुभएको छ ।’

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुंगिएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार वाङले नेपालीको यो सरोकारलाई ‘गम्भीरतापूर्वक लिएको’ बताएका छन् । याक एन्ड यती होटलमा भएको नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकलगत्तै वाङले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले ‘चीनबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको’ सरोकार राखेका थिए । ‘राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा गर्नेतर्फ सोचिरहेका छौं,’ विदेशमन्त्री वाङको जवाफ उद्धृत गर्दै बालुवाटार बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने ।

चिनियाँ राष्ट्रपति सीले असोज २४ देखि २६ सम्म भारत भ्रमण गर्न लागेको र भारतबाट फर्कंदाएक दिन नेपाल भ्रमणमा आउने ‘अपुष्ट सूचना’बाहिर आइरहेका बेला विदेशमन्त्री वाङको अहिले भइरहेको भ्रमण यही सरोकारमा केन्द्रित बनेकोहो । उनको यो भ्रमणलाई राजनीतिक तहमा चीनबाट हुन लागेको विशिष्ट भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ ।

त्यसो त भारतको कश्मीर मामलाले उब्जाएको तनाव तथा चीनको सीमावर्ती विन्दुसमेत जोडिएको भारत राज्य लद्दाखमा चिनियाँ ‘रिजर्भेसन’ रहेका कारण अन्तिम घडीमा राष्ट्रपति सीको भारत भ्रमण केही पर सर्ने आकलन पनि सुरु भएको छ । आगामी अक्टोबरमै तिब्बतको सिगात्सेमा हुन लागेको ‘तिब्बतमा प्रजातान्त्रिक सुधार’ को ६० वर्षे उत्सवमा राष्ट्रपति सी सहभागी हुने निश्चित भइसकेकाले त्यस अवसरमा उनी नेपाल आउने अर्को सम्भावना देखिएको परराष्ट्रमा चीन मामला हेर्ने एक अधिकारीले बताए । ‘छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले हामीलाई आडभरोसा मिल्न सक्छ, हामी चिनियाँ उच्च नेतृत्वको आगमन र स्वागतमा प्रतीक्षारत छौं भनेर सन्देश दिएको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

चीनसँग समस्यारहित सम्बन्ध : प्रम ओली
प्रधानमन्त्री ओलीले नेपालको चीनसँग ‘समस्यारहित सम्बन्ध रहिआएको’ बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङसँग बालुवाटारमा सोमबार अपराह्न भएको भेटवार्तामा उनले नेपालको ‘एक चीन नीति’ को अडान दोहोर्‍याउँदै चीनविरोधी कुनै प्रकारको गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

‘हामी राजनीतिक स्थायित्वपछि आर्थिक सुधार र विकासका दिशामा जुटेका छौं,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपालको पूर्वाधार विकास, सामाजिक–आर्थिक क्षेत्रको प्रवर्द्धनमा चिनियाँ सहयोग अपेक्षित छ । नेपालको गरिबी निवारण र सामाजिक रूपान्तरणमा चिनियाँअनुभव हामीलाई काम लाग्नेछ ।’

विदेशमन्त्री वाङले नेपालसँग रहिआएको चिनियाँ आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारका सम्बन्ध र परस्पर सहयोगबारे परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकमा कुराकानी भइसकेको उल्लेख गर्दै नेपालको छनोट र प्राथमिकताका योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

बालुवाटार बैठकमा परराष्ट्र सचिव शंकर बैरागी, चिनियाँ विदेश मन्त्रालयका सचिव लु झोवी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठकमा भने चीनबाट आउने भनिएको केरुङ–रसुवागढी–काठमाडौं रेल्वे परियोजना र बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत छनोटमा परेका नेपालका योजनाबारे पनि छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । ‘रेल्वे र बीआरआई प्रस्तावित योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोरिएको छ,’ उनले भने, ‘यसको विस्तृत स्वरूप, ढाँचा र मोडालिटीबारे कार्ययोजना तय हुने भएको छ । अब योजनाहरू कार्यान्वयनको दिशामा अघि बढ्नेछन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले संयन्त्र बैठकले नेपाल–चीन सम्बन्ध र परस्पर सहयोगको स्वरूपलाई अर्को उचाइमा पुर्‍याउने विश्वास लिए । विदेशमन्त्री वाङले सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । भेटमा द्विदेशीय सम्बन्ध र परस्पर सहयोगका प्रतिबद्धतामाथि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विदेशमन्त्री वाङले सोमबार बिहान चन्द्रागिरि केबलकारको भ्रमण गर्नुका साथै मातातीर्थ क्षेत्रमा झन्डै एक घण्टा पैदल यात्रा गरेका थिए । उनले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका राजनीतिक नेता र नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग भेटघाट गर्दैछन् । उनी मंगलबार दिउँसोनै बेइजिङ फर्कंदै छन् ।

३ क्षेत्रमा समझदारी
नेपाल–चीन संयन्त्र बैठकपछि ३ बुँदे समझदारीपत्रमा दुई देशका अधिकारीबीच हस्ताक्षर भएको छ । चीनले मनाङमा अस्पताल निर्माण, स्वयंसेवक भाषा शिक्षक आपूर्ति र आपतकालीन बसोबासका लागि ५ हजार टेन्ट सहयोग गर्ने समझदारी भएको हो । यो समझदारीअनुसार मनाङमा अस्पताल ‘रिकभरी प्रोजेक्ट’ का लागि ३५ करोड ६० लाख रुपैयाँ आउने भएको छ । नेपालका सरकारी विद्यालयमा ‘ऐच्छिक’ रूपमा पढाइ हुने चिनियाँ भाषाका लागि स्वयंसेवक शिक्षक पनि चीनले पठाउन लागेको हो ।

विदेशमन्त्री वाङको भ्रमणअघि परराष्ट्रमन्त्री ज्ञवालीले ‘बीआरआई योजनामा नेपालले प्रस्ताव गरेका ९ वटा योजनाको अन्तिम कार्ययोजना, सहयोगको स्वरूप र कार्यक्षेत्रबारे स्पष्ट हुने’ धारणा राखेका थिए । तर, संयन्त्र बैठकले ‘विभिन्न चरणमा संवाद र सहकार्य जारी राख्ने’ भन्दै यी एजेन्डालाई ओझेलमा राखिएको छ ।

गत वर्ष बेइजिङबाट सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल्वे सेवालाई काठमाडौं ल्याउन ‘तत्काल सम्भव नभएको’ भन्दै यो योजनालाई अध्ययनको अर्को चरणमा लैजान चिनियाँ पक्षले यसपटक प्रस्ताव गरेको परराष्ट्रका एक अधिकारीले बताए । केरुङ नाकाबाट रसुवागढी हुँदै काठमाडौं (टोखा) आउन ७२ किलोमिटर दूरीका लागि ३ खर्ब रुपैयाँभन्दा बढी लाग्ने र कम्तीमा १० वर्षमा मात्रै सम्भव हुने भएकाले नेपालले प्रस्ताव गरेको बीआरआई योजनाबाट समेत यसलाई ‘वैकल्पिक योजना’ बनाउन आग्रह गरिएको छ ।

तीनबुँदे समझदारी
१. मनाङमा अस्पताल निर्माण
२. स्वयंसेवक भाषा शिक्षक आपूर्ति
३. पाँच हजार टेन्ट सहयोग
कान्तिपुरबाट