७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पहिलो किस्ता लिएकाले घर नबनाउनुको कारण खोज्दै प्राधिकरण

पहिलो किस्ता लिएकाले घर नबनाउनुको कारण खोज्दै प्राधिकरण
अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता अनुदान लिएर पनि केही लाभग्राहीले निजी आवास बनाउन नसक्नुको कारण खोज्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनलाई निजी आवास पुनर्निर्माण गर्न नसक्नुका कारण खोज्न प्राधिकरणले निर्देशन दिएको प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘पहिलो किस्ता लिएर पनि भूकम्पपीडितले किन घर बनाउन सकेनन् रु यसको समग्र कारण पहिचान गर्न भनेका छौँ,’ प्रवक्ता घिमिरेले भने, ‘घर नबनाउनेको यकिन तथ्यांक र कारण थाहा भएपछि कसरी अगाडि बढ्ने भन्नेमा निक्र्योल गर्नेछौँ ।’ यसअघि पनि प्राधिकरणले अनुदान रकम लिएर पनि घर नबनाउनुको कारण खोज्न जिमाली र भवनलाई भनेको थियो । तर, तथ्यांक नआएपछि यसपटक प्राधिरकणले निर्देशन नै दिएको हो ।

प्राधिकरणसँगै छैन पहिलो किस्ता लिएर घर नबनाउनेको तथ्यांक
प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका आठ लाखमध्ये सात लाख ७६ हजारसँग अनुदान सम्झौता भएको छ । पहिलो किस्ता सात लाख ६९ हजारले लिएका छन् । दोस्रो किस्ता करिब छ लाखले लिएका छन् । तेस्रो किस्ता चार लाख ९३ हजारले लिएका छन् । त्यसमध्ये निर्माण सम्पन्न भएको घर संख्या चार लाख ३३ हजार छ । तीन लाखजनाले गुनासो दर्ता गरेका छन् । ती फस्र्योटसमेत भइसकेका छन् । तर, पहिलो किस्ता लिएका कतिले घर बनाएका छैनन् भन्ने तथ्यांक प्राधिकरणसँग छैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।