२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो किस्ता लिएकाले घर नबनाउनुको कारण खोज्दै प्राधिकरण



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता अनुदान लिएर पनि केही लाभग्राहीले निजी आवास बनाउन नसक्नुको कारण खोज्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनलाई निजी आवास पुनर्निर्माण गर्न नसक्नुका कारण खोज्न प्राधिकरणले निर्देशन दिएको प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

‘पहिलो किस्ता लिएर पनि भूकम्पपीडितले किन घर बनाउन सकेनन् रु यसको समग्र कारण पहिचान गर्न भनेका छौँ,’ प्रवक्ता घिमिरेले भने, ‘घर नबनाउनेको यकिन तथ्यांक र कारण थाहा भएपछि कसरी अगाडि बढ्ने भन्नेमा निक्र्योल गर्नेछौँ ।’ यसअघि पनि प्राधिकरणले अनुदान रकम लिएर पनि घर नबनाउनुको कारण खोज्न जिमाली र भवनलाई भनेको थियो । तर, तथ्यांक नआएपछि यसपटक प्राधिरकणले निर्देशन नै दिएको हो ।

प्राधिकरणसँगै छैन पहिलो किस्ता लिएर घर नबनाउनेको तथ्यांक
प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका आठ लाखमध्ये सात लाख ७६ हजारसँग अनुदान सम्झौता भएको छ । पहिलो किस्ता सात लाख ६९ हजारले लिएका छन् । दोस्रो किस्ता करिब छ लाखले लिएका छन् । तेस्रो किस्ता चार लाख ९३ हजारले लिएका छन् । त्यसमध्ये निर्माण सम्पन्न भएको घर संख्या चार लाख ३३ हजार छ । तीन लाखजनाले गुनासो दर्ता गरेका छन् । ती फस्र्योटसमेत भइसकेका छन् । तर, पहिलो किस्ता लिएका कतिले घर बनाएका छैनन् भन्ने तथ्यांक प्राधिकरणसँग छैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।